कोरोना कालः मनै रुवाउने तस्बीरहरु – Dastabej

कोरोना कालः मनै रुवाउने तस्बीरहरु

आफू संक्रमित भएर पनि अरुको सेवामा खटिएका स्वास्थ्यकर्मीको तस्बीरले धेरैको मन रुवाएको छ


  • दस्तावेज

  • नेपालगन्ज । लाग्छ उनको दुबै हात गलेको छ । तर त्यस्तो होईन । नेपालगन्ज डिकल कलेज, कोहलपुरका डा। विनोद प्याकुरेलको त्यही तस्बीर हाल सामाजिक सन्जालमा भाइरल बनेको छ । पीपीई र पन्जासहित लगातार सात दिनसम्म उनी दैनिक १६ घण्टाभन्दा बढी कोरोनाका विरामीको उपचारमा खटिएका कारण उनको हात गलेको जस्तो देखिएको हो । १६ घण्टाको पीपीआईको पहिरन स्वास्थ्यकर्मीहरुको बाध्यता हो ।भोक, प्यास, निद्रा नभनी संक्रमितको उपचारमा खटिँदा अहिले उनी आफैं संक्रमित पनि भएका छन् । दैनिक १६ घण्टा पीपीइ र ग्लोब्स लगाउँदा बाफिएको शरीर र हात देखाउदै डा.प्याकुरेल । उक्त फोटो सार्वजनिक भएपछि धेरैल् उनलाई स्यालुट गरेका छन् ।

     

    जोखिमको यो कठीन घडीमा आफ्नो ज्यानको समेत माया नगरी अग्रपंक्तीमा खटिने उहाँहरुलाई हाम्रो सलाम लेख्ने धेरै छन् ।
    बाँकेमा पछिल्लो सयम कोरोनाको संक्रमण बढेसंगै स्वास्थ्यकर्मीहरु आफ्नो ज्यानको कुनै परवाह नगरी उपचारमा खटिएका छन् । रातदिनको खटाइएको तस्बीरले धेरैको मन रुवाएको छ ।

    आफू संक्रमित भएर पनि अरुको सेवामा खटिएका स्वास्थ्यकर्मीको तस्बीर देखेर मन पोल्छ । उपचारका क्रममा ज्यान गुमाएकाहरुको शव व्यवस्थापनमा खटिने नेपाली सेना र स्वास्थ्यकर्मीहरुले दिएको सलामीको फोटोले धेरैको आँखाबाट आँशु झर्छ ।

    कोभिडका विरामीले भरिएका अस्पताल बेडहरुको तस्बीरले कोरोना नियन्त्रणभन्दा बाहिर गएको देखाउँछ ।


    तस्बिर ः विभिन्न सामाजिक सन्जालबाट

  • १६ बैशाख २०७८, बिहीबार १२:२१ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ३. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ४. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ५. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ६. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ७. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन