नेपालगन्ज उपमहानगरपालिका १२ मा कोरोना विरुद्ध सचेतना मुलक कार्यक्रम गरिएको छ । वडा अध्यक्ष बुद्धिसागर सुवेदीको नेतृत्वमा आज बिहिवार वडामा माइकिङ सहितको सचेतना मुलक कार्यक्रम गरिएको हो । मास्क खै लगायत लेखिएका प्ले काड सहित वडाका विभिन्न स्थानमा पुगेर सचेतना मुलक कार्यक्रम गरिएको थियो । भेरी प्राविधिक बिटका प्रहरी हल्दार मान बहदुर आले मगरको कमान्डमा प्रहरीले सचेतना मुलक सन्देश सहित कार्यक्रम गरेको थियो । प्रहरी बिटको सक्रियता कोरियनपुर, मुक्तिपुर ,बेलासपुर लगायतको ठाँउमा लकडाउन कडा पारिएको छ ।