थाकस बाँकेद्धारा भेरीलाई १५ थान पीपीई - Dastabej

थाकस बाँकेद्धारा भेरीलाई १५ थान पीपीई


  • दस्तावेज

  • नेपालगन्ज । थारु कल्याणकारिणीसभा बाँकेले भेरी अस्पताललाई शुक्रबार १५ थान पीपीई हस्तान्तरण गरेको छ । थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष बिनोद थारुले भेरी अस्पतालका प्रमुख डा. प्रकास थापा र अस्पताल बिकास समितिका अध्यक्ष प्रमोद धिताल मार्फत अस्पताललाई पीपीई हस्तान्तरण गरिएको बताए । कोरोनाको बिरामीले भरीभराउ भेरी अस्पतालमा उपचारका लागि खटिएका स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि पीपीई सहयोग गरिएको अध्यक्ष थारुले बताए । भेरी अस्पतालका प्रमुख डा. थापाका अनुसार हाल भेरी अस्पतालमा दैनिक दुई सय पीपीर्ई अवाश्यक छ । अस्पतालमा खटिने डाक्टरदेखि कार्यालय सहयोगी सम्मालाई पनि पीपीई अवाश्यक पर्ने भएकाले अभाव हुदै आएको छ । भेरी अस्पतालमा क्षमता भन्दा बढी कोरोनाका बिरामी भएकाले सबै उपचार समाग्रीको अभाव देखिएको छ । भेरीको उपचारमा सघाउ पुर्याउनका लागि अस्पतालले सबैलाई सर्बजनिक रुपमा अपिल समेत गरेको छ । सो कुराको मनन् गर्दै थारु कल्याणकारिणी सभा बाँकेले पिपीई सहयोग गरेको हो । अस्पताल बिकास समितिका अध्यक्ष प्रमोद धितालका अनुसार भेरीमा एक सय ४२ बेडको कोरोना आइसोलेसन बनाइएको छ । तर भेरीमा शुक्रबार सम्मा २ सय ४४ जना कोरोनाका बिरामीहरु छन् । जसले गर्दा उपचारका लागि सबै समाग्रीको अवाश्यक परिरहेको छ । भेरीमा क्षमता भन्दा बढि बिरामी आउँदा हाल अन्य वार्डमा पनि बिरामीहरु राखेर उपचार गर्नु परेको अस्पताल प्रमुख डा.थापाले बताए । जसले गर्दा अस्पतालको अन्य उपचार सेवा पनि प्रभाबित भएको छ । पीपीई हस्तारन्तरणमा अस्पताल बिकास समितिका सदस्यद्धय कृष्ण प्रसाद श्रेष्ठ, धनराम वली, थारु कल्याणकारिणी सभा नगरसभा नेपालगन्जका अध्यक्ष बासमति थारु, सचिव सम्भु थारु लगायत्को सहभागिता थियो ।

  • १७ बैशाख २०७८, शुक्रबार १६:११ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ