नेपालगन्ज । बर्दिया बाँसगढी मोतिपुरका ६७ बर्षिया देउरानी थारु शनिवार बिहानै देखि छटपटि रहेकी थिइन । उनलाई स्वासप्रस्वाशमा एकदमै समस्या भैरहेको थियो । उनको छटपटि देखेर परिवारका अन्य सदस्यहरु दुखि थिए । कारण थियो, कोरोना महामारीका बेलामा औषधी काहाँ गराउन लैजाने । खाना खाएर करिब १० बजे तिर उनका छोरा बिजय थारुले गाउँको एउटा अटोमा नजिकैको बजार बाँसगढीमा उपचार गराउन ल्याए । तब सम्म बिरामीको अवस्था अलि ठिक नै थियो । बाँसगढी पुगि सकेपछि बिरामी झन्झन् सिरियस हुदै गइन । किनकी उनलाई स्वास फेर्न निकै गाह्रो भैरहेको थियो । बाँसगढीको एउटा मेडिकलमा उपचार गराउन पुगे तर त्यहाँ उपचार हुन सकेन । उनका छोरा, छोरी र नाति झन् आत्तिए पछि मेडिकलको एकजना स्वास्थ्यकर्मीले नेपालगञ्ज वा कोहलपुर लैजानका लागि सल्लाह दिए । मेडिकलका ती स्वास्थ्यकर्मीले नै एम्बुलेन्स बोलाई दिए । त्यतिबेला बाँसगढीमा बिरामीको शरिरमा अक्सिजनको मात्र ५० प्रतिशत थियो । करिब पौने घण्टा पछि एम्बुलेन्सले बिरामी लाई भेरी अस्पताल पुर्यो । भेरीमा कोरोनाका विरामी भरिएपछि स्वास्थ्यकर्मीहरु चाहेर पनि सेवा दिन सकेका छैनन् । स्वास्थ्यकर्मी आफै संक्रमित भएर पनि सक्दो सहयोग गरिरहेका छन् ।भेरी अस्पतालको इमरजेन्सीमा बिरामी पुग्दा त्यहाँ अक्सिजन भएको बेड खाली थिएन । बेड खाली नहुदां अस्पतालका स्वास्थ्यकमीले बिरामीलाई भर्न गर्न मानेनन्। जब बिरामीलाई अस्पतालमा भर्न नगरे पछि बिरामीका छोरा झन् अत्तिए । अब सायद आमा यो संसारमा रहनुहुन्न । त्यत्तिकैमा मेरो मोवाइलको घण्टी बज्यो तपाई कहाँ हुनुहुन्छ एकदमै अत्तिएको अवाज सुने । मैले के भयो म नेपालगञ्ज छु भने । त्यसो भए तपाई तुरुन्तै भेरीमा आइदिनु आमालाई लिएर हामी भेरीमा आएका छौ । अस्पतालले भर्न लिइरहेको छैन । म हतारमा भेरी अस्पतालको इमरजेन्सीमा पुगे । त्यहाँ पुग्दा बिरामी स्टेचरमा अचेत अवस्थामा हुनुहुन्थ्यो । त्यहाँ सोध्दा अक्सिजन छैन हामी बिरामी भर्न गर्न सक्दैनौ भन्ने जवाफ आयो । तपाईहरु आपैmअक्सिजनको व्यवस्था गर्नु । ती गाउँघरका समान्य परिवारका मानिस उनले कसरी अक्सिजनको व्यवस्था गर्न सक्थे र ? त्यत्तिकैमा इमरजेन्सी अगाडी नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर भेटिनुभयो । हामीले वहाँ समक्ष सबै कुरा राख्यो । उपमेयर बिरामी हेर्न इमरजेन्सी भित्र आउनुभयो । स्वाथ्यकर्मीलाई यो बिरामी हेर्नु भन्नु भयो । वहाँलाई अक्सिजन सहितको बेड छैन कसरी उपचार गर्ने स्वास्थ्यकर्मीले भने । तुरुन्तै उपमेयरले अस्पतालका प्रमुख डा. प्रकाश थापालाई फोन गर्नु भयो । फोन बीजी भन्यो, एकछिनमा फोन उठ्यो ।डा. थापा पनि अस्पतालको इमरजेन्सीमा आउनुभयो । त्यतिबेला सम्म बिरामीको शरिरमा अक्सिजनको मात्र ३९ प्रतिशतमा झरिसकेको थियो । उपमेयर उमाथापा मगर र डा. प्रकाशको पहलमा बिरामीलाई हामीले भर्न गर्न सफल भयो । इमरजेन्सीको एक कुनामा अक्सिजन ग्यासको एक सिलिन्डर राखिएको थियो । तर बिरामीको मुख सम्म जोड्ने उपकरण भने थिएन । हामीले बिरामीलाई जसोतसो गरेर स्टेचरबाट बेडमा राख्यो । स्वास्थ्यकर्मीले बिरामीको मुखमा अक्सिजन जोडिदिए अनि बिरामीलाई केही समयमा केही अराम भयो । यसरी नै बिरामीको ज्यान जोगियो । अहिले पनि ती बिरामी इमरजेन्सीमै छन् । अवस्था सुधार हुदै गैरहेको उनका छोरा बिजयले बताए । भेरीको यो अवस्था देखेर उपमेयर मगरले इमजेन्सीको सबै देडमा अक्सिजन जोड्नका लागि सुझाव समेत दिनुभयो । भेरीको इमरजेन्सीमा १६ बेड छ । जसमध्ये ८ बेड अक्सिजन छ, भने बाँकी ८ बेड बिना अक्सिजनको छ । यदी इमरजेन्सीमा ८ भन्दा बढी अक्सिजन चाहिने बिरामी आए भने अस्पतालले ति बिरामीलाई भर्न लिना इन्कार गरिरहेको छ ।