नेपालगन्ज— बिश्वासको मत लिंदा माधव नेपाल समूहका दुई जना प्रदेशसभा सदस्यले (फ्लोर क्रस) गर्नसक्ने सम्भावना बढेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । आइतबार बिहान प्रदेशप्रमुख धर्मनाथ यादवलाई उनले राजीनामापत्र बुझाएका हुन । माओवादीबाट एमाले प्रवेश गरेका दुई र जसपाबाट मन्त्री बनेका चार सांसद कारबाहीमा परेपछि प्रदेशसभा ८१ सदस्यीय छ । मुख्यमन्त्री पोखरेललाई विश्वासको मत जित्न ४१ सांसद आवश्यक पर्छन् । एमालेको कुल सांसद संख्या ४१ नै हो । ति मध्ये दुई जना माधव नेपाल निकटका छन् । जसका कारण विश्वासको मत पुग्न चुनौती देखिएको छ । जसका कारण मुख्यमन्त्री पोखरेलले अविश्वासको प्रस्तावको सामना गर्नु अगाडि नै राजीनामा बुझाएको बताइएको छ ।
संविधानको धारा १६८ को २ बमोजिम नेकपाबाट पोखरेल मुख्यमन्त्री बनेका थिए । संविधानको धारा १६८ को १ बमोजिम सरकार गठन गर्न मार्गप्रशस्त गर्न भन्दै राजीनामा बुझाएका हुन् । मुख्यमन्त्रीको राजीनामासँगै लुम्बिनी प्रदेशमा सत्ता–समीकरणको खेल सुरु भएको छ ।