नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा स्वास्थ्यकर्मीको अभाव टार्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट चिकित्सकसहित २२ जना स्वास्थ्यकर्मीहरु आईतबार नेपालगन्ज आईपुगेका छन् । सोमबारबाट उनीहरु भेरी अस्पतालका हाजिरी हुने भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताए । भेरी अस्पतालका धेरै जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि जनशक्तिको अभाव थप खटकीएको हो । जुम्लाबाट स्वास्थ्यकर्मीहरु आएपछि भेरीमा केही सहयोग पुग्ने छ । भेरी अस्पतालको कोभिड आइसोलेसन बिमारीले भरीएको छ । १ सय ४२ बेड क्षमताको अस्पतालमा २ सय ९२ जना भर्ना गरिएको छ । इमरजेन्सी कक्षमा बेड पर्खिनै कारेको संख्या उत्तिकै छ । जनशक्ति अभावका कारण उपचारमा चुनौती थपिएको छ । अस्पतालका ८ चिकित्सकसहित ७० जना स्वास्थ्यकर्मीहरु कोरोना संक्रमित भइसकेका छन् । जनशक्ति अभावकै कारण संक्रमित स्वास्थ्यकर्मीहरुले सेवा दिइरहेका छन् ।