भेरीको ब्यथाः कोभिडको १४२ बेड, २९२ भर्ना - Dastabej

भेरीको ब्यथाः कोभिडको १४२ बेड, २९२ भर्ना

जटिल अवस्थाका कोरोना संक्रमितबाहेक अस्पतालले भर्ना बन्द गरेको छ


  • दस्तावेज

  • नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा कोरोनाका विरामीहरुको थेग्नै नसक्ने गरी चाँप बढेको र उपचारमा संलग्न चिकित्सकसहितका स्वास्थ्यकर्मीहरु संक्रमित भई जनशक्ति अभाव भएपछि केन्द्र सरकारसंग चिकित्सकसहितको मेडिकल टीम माग गरियो । केन्द्र सरकारले चिकित्सकसहित ८० स्वास्थ्यकर्मीलगायतका जनशक्तिका लागि तत्काल ६८ लाख बिनियोजन गर्यो । अस्पताल प्रशासनले तीन दिनभित्रै जनशक्ति भर्ना गर्न बैशाख १३ गते बिज्ञापन गरिएको थियो । तर नर्सिङ अधिकृत, नर्सिङ स्टाप, ल्याबबाहेक मेडिकल अधिकृतहरुमा माग गरेको अनुपातमा कसैले पनि निवेदन दिएनन् । अस्पताल प्रशासनले एनेस्थेसियोलोजिष्ट तीन, मेडिकल अधिकृत १०, नर्सिङ अधिकृत दुई, ल्याब टेक्निसियन ५ र स्टाफ नर्स ४० जना करारमा माग गरेको थियो । कोरोनाका विरामीको उपचारमा खटिएका ८ चिकित्सकसहित ७० भन्दा बढी स्वास्थ्यकर्मी आफै सक्रमीत बन्न पुगेका छन । सक्रमीत भएका स्वास्थ्यकर्मीले नै संक्रमितहरुको उपचारमा खटिएका छन् । कोरोनाको महामारीले भयावह स्थिति उत्पन्न भइसक्दा पनि चिकित्सक र स्वास्थ्यकर्मी नथपिएका कारण अस्पताल प्रशासन चाहेर पनि सेवा दिन सकिरहेको छैन । जटिल अवस्थाका कोरोना संक्रमितबाहेक अस्पतालले भर्ना बन्द गरेको छ ।

    भेरी अस्पताल नेपालगन्जका कोरोना स्रोत व्यक्ति तथा फिजिसीयन डा. संकेत रिसालका अनुसार मेडिकल अधिकृतको दुई वटामात्रै दरखास्त परेको छ । ‘हामीलाई मुख्य कुरा डाक्टर चाहिएको थियो । मुख्य पदमा नै दरखास्त परेन,’ डा. रिसाल भन्छन्,‘ यो माहामारीको समयमा दुई महिनाको करारमा बोलाएर हुदैन् । प्रोत्साहन, स्थायी पद्धती सिस्टमको बिकास गर्न जरुरी छ ।’ केन्द्र सरकारले असारसम्मका लागि चिकित्सकसहित ८० स्वास्थ्यकर्मी भर्ना गर्न भनेको थियो । ‘थोरै समयका लागि भर्ना गर्न भनिएकाले निवेदन नपरेको हुनसक्छ,’ डा. रिसाल भन्छन् । अस्पतालले माग गरेको एनेस्थेसियोलोजिष्ट तीन जनामा एक जनाको पनि निवेदन परेको छैन । नर्सिङ अधिकृत, ल्याब टेक्निसियन र स्टाफ नर्समा भने माग गरेको भन्दा धेरै निवेदन परेको छ । भेरी अस्पतालको कोभिड आइसोलेसन बिमारीले भरीएको छ । १ सय ४२ बेड क्षमताको अस्पतालमा २ सय ९२ जना भर्ना गरिएको छ । इमरजेन्सी कक्षमा बेड पर्खिनेको संख्या उत्तिकै छ । गम्भीर बिरामीहरुले पनि पालो पाउन कुनै बिरामी डिस्चार्ज हुनुपर्छ या त कसैको मृत्यु कुर्नुपर्छ ।

    ‘बिमारीको चापलाइ सिमित चिकित्सकले थेगेर मात्र पुग्दै,’ भेरी अस्पताल नेपालगन्जका मेडिकल अधिकृत तथा फिजिसीयन डा.राजन पाण्डेले भने,‘ जुन रुपमा महामारी फैलिएको थियो त्यसको आपतकालीन रुपमा सम्बोधन गरिनुप¥थ्यो । हामी भनिरहेका छौ“ ।कराइरहेका छौ“ तर केन्द्र र प्रदेश सरकारले ध्यान दिएका छैनन् ।’ एउटै नर्सिङ स्टाफले २० देखि ३० जना विरामी हेर्न बाध्य छन् । चिकित्सकहरुका अनुसार एक नर्सिङ स्टाफले एकजना विरामीलाई हेर्नु पर्ने हो । जनशक्ति अभाव भएकै संक्रमित स्वास्थ्यकर्मीहरुले १६ घण्टासम्म कोरोनाका विरामीहरुको सेवामा जुट्नु परेको छ ।

    ‘एउटा नर्सले ३० जना बिरामी हेर्नुपर्ने स्थिति छ । आईसीयू र भेन्टिलेटरका बिरामीलाई झन धेरै केयर चाहिन्छ,’ ’ भेरी अस्पतालकै कोभिड वार्डमै कार्यरत नर्सिङ अधिकृत शिला शर्माले भनिन,‘ स्थिति धेरै नै गाह्रो भईसकेको छ । यस्तो भयावह स्थितिमा पनि थप जनशक्ति नपठाउदा संकट झन् बढेको छ ।’

    अन्य विरामी भएको भए एउटै नर्सिङ स्टाफले १५÷२० जनासम्म विरामी हेर्न सक्छन् । तर कोभिडका विरामी क्रिटिकल हुन्छन् । उनीहरुलाई अक्सिजन दिइरहनु पर्छ । सुइबाट औषधि दिनु पर्ने हुन्छ । ‘ज्वरो मापनदेखि अक्सिजन लेभलको समेत निगरानी गरिरहनु पर्छ । एउटै नर्सिङ स्टाफले सम्भव छैन्,’ नर्सिङ अधिकृत शर्माको भनाई छ ।

    भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडीकल सुपरीडेन्टेन्ट डा. प्रकाश थापाले कोभिड वार्डको क्षमताभन्दा दुई गुणा बढी विरामी भर्ना भएपछि थेग्न नसक्ने अवस्था आएको बताए । ‘कोभिड वार्ड १ सय ४२ बेडको छ । तर क्रिटीकल विरामी आएपछि बेड थापेर राख्नु पर्ने बाध्यता छ,’ उनले भने,‘स्थिती भयाभव भइसक्यो । संक्रमित भएका स्वास्थ्यकर्मीरु रेस्ट गर्न पाएका छैनन् । विरामीहरुको सेवामै छ ।

     

  • २० बैशाख २०७८, सोमबार १२:५७ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार