नेपालगन्ज । कोरोनाका कारण बेड भरिएपछि अस्पातल भर्ना नपाएर स्टेचरमा बर्दिया बाँसगढी मोतिपुरका ६७ वर्षीया देउरानी थारु छटपटिरहेको समाचार हामीले चार दिनअघि लेख्यौ । निकै सकस र प्रयासपछि भेरी अस्पताल नेपालगन्जले भर्ना लिएको थियो । तर दुर्भाग्य चिकित्सक र हामीले गरेको प्रयास खेर गएको छ । उनी अन्ततः ससारबाट बिदा भएकी छन् । अस्पताल भर्नाहुन आउदा उनलाई निकै सकस भयो । भेरी अस्पतालको इमरेजन्सीको स्टेचरमा अचेत अवस्थामा पल्टीरहदां उनका छोरा बिजयले ठुलो चुनौती समाना गर्नु परेको थियो । अस्पतालमा अक्सिजन सहितको बेड नहुदां उनलाई अस्पतालले भर्न लिई रहेको थिएन । त्यतिबेला बिरामी निकै सिरियस थिइन् । उनको शरिरमा अक्सिजनको मात्र ३९ प्रतिशतमा झरेको थियो । अस्पतालले भर्न नलिएपछि बिरामीका छोरा बिजयले मलाई फोन गरे । त्यतिबेला म नेपालगञ्जमै थिए । म एकै छिनमा भेरी अस्पताल पुगे, बिरामी इमरजेन्सीको स्टेचरमा अचेत अवस्थामा थिइन् । मैले आपैm अस्पतालका डाक्टरलाई भने, किन भर्ना गर्नुहुन्न ? जवाफ आयो अक्सिजनसहितको बेड खाली छैन, भर्न गर्न सक्दैनौ । संयोगले त्यो दिन नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमाथापा मगर भेरीको इमरजेन्सी अगाडी उभिरहेकी थिइन् । उनी संग मेरो सम्बन्ध राम्रो भएकाले, मैलै बिरामीको बारेमा सबै कुरा दर्शए । उपमेयर थापामगर बिरामी हेर्न इमरजेन्सीमा आइन्, बिरामीलाई स्टेचरमा अचेत अवस्थामा देखिन । स्वास्थ्यकर्मीलाई तुरुन्तै यो बिरामी हेर्नु भनेर भनिन् । वाहाँलाई पनि त्यहि जवाफ आयो अक्सिजन सहितको बेड खाली छैन, काहाँ राखिदिउँ, स्वास्थ्यकर्मीले जवाफ फर्काए । उपमेयर थापामगरले तुरुन्तै अस्पतालका प्रमुख डा. प्रकाश थापालाई फोन गरेर बोलाइन् । एकै छिनमा प्रमुख डा. प्रकाश थापा अस्पतालमा आए । इमरजेन्सीको एक कुनामा अक्सिजन भरेर राखेको सिलिन्डि थियो । डा. थापाले त्यहि सिलिन्डरको अक्सिजन जोड्न भन्नु भयो । बिरामीको मुखमा अक्सिजन जोडियो । बिरामी अस्पताल भर्न भए । त्यस पछि, म दैनिक बिरामीलाई भेट्न गैरहेको थिए । कुनै समस्या पर्दा सहयोग गर्दै आएको थिए । दोस्रो दिन मैले बिरामीको छोरालाई भने म भोली आउन सक्दैन । तपाई राम्रो संग बिरामीको हेरचाह गर्नु होला । तेस्रो दिन काम बिशेषले म बर्दियाको राजापुर हिडेको थिए । आधा बाटोमा थिए । फेरी मेरो मोवाइलको घण्टी बज्यो । आमा योे संसारमा रहनु भएन खबर आयो । घर लैजाने गाडी मिलिरहेको छैन गाडी खोज्दिनु । यो दुखको खबर सुन्दा मलाई नरामाइलो लाग्यो । मैले गाडी खोज्ने तर्फ लागे । नाताबाट ज्वाई पर्ने एक जना एम्बुलेन्स चालक रामकुमारलाई मैले चिनेको थिए । मैले उनलाई फोन गरे । उनलाई सबै कुरा बताए । उनी पनि संयोगले भेरी अस्पताल अगाडी थिए । एम्बुलेन्स खोज्दिन्छु मलाई भेट्न पठाई दिनु म भेरीको गेट अगाडी छु चालकले भने। बिरामीको छोरालाई मैले भेट्न पठाए । भेट भैसके पछि, उनले एम्बुलेन्स खोजिदिए । त्यस पछि सोमबार साँझा मृतकलाई उनकै घर बर्दियाको मोतिपुर ल्याए । मंगलबार आप्mनो पराम्परा अनुसार दहसंस्कार गरे । त्यही अस्पताल भर्न गर्दाको क्षणलाई सम्झिदै आज उनका छोराले मधुरो स्वारमा म संग टेलीफोन सम्बाद गरे । सहयोग गर्नु भयो त्यसका लागि तपाई लगायत्, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर, भेरीका प्रमुख डा. प्रकाश थापालाई धन्यबाद दिए । तपाईहले गरेको सहयोग मैले कहिल्यै पनि भुल्दैन भने । तपाई हामी सबैले आमालाई बचाउनका लागि प्रयास गयौ । त्यो सार्थक हुन सकेन ।