नेपालगन्ज— कोरोना संक्रमणपछि उपचारका लागि बाँकेका अस्पतालमा भर्ना भएका थप १० जना मृत्यु भएको छ । पछिल्लो १३ घण्टामा उनीहरुको मृत्यु भएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार मृत्यु हुनेमा ९ जना बाँके र एकजना जाजरकोटका हुन । नेपालगन्ज उपमहानगरपालिका १२ का ४५ वर्षीय पुरुष, नेपालगन्ज उपमहानगरपालिका१० की ७८ वर्षीया महिला, नेपालगन्ज उपमहानगरपालिका १ का ५८ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै, नेपालगन्ज उपमहानगरपालिका १० का २७ वर्षीय युवा, नेपालगन्ज उपमहानगरपालिका ४ का ५५ वर्षीय पुरुष, नेपालगन्ज उपमहानगरपालिका १० का ७८ वर्षीय पुरुष र नेपालगन्ज उपमहानगरपालिका–१९ का ७७ वर्षीय पुरुषका साथै कोहलपुर नगरपालिका५ का ३४ वर्षीय पुरुषको मृत्यु भएको हो । यसैगरी कर्णाली प्रदेशको भेरी नगरपालिका जाजरकोटकी ४३ वर्षीया महिलाको मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिका–१ का ५६ वर्षीय पुरुषको भेरी अस्पतालमा बिहीबार बिहान ७ बजे मृत्यु भएको हो । बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५७ जना पुगेको छ । बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका १ सय २७ जनाको मृत्यु भइसकेको छ ।