कोरोना महामारीमा हराउँदै मानवता - Dastabej

कोरोना महामारीमा हराउँदै मानवता

उपचार नपाएर छटपटीएर मृत्यु हुँदै


  • दस्तावेज

  • नेपालगन्ज । बिहिबार दिउँसो २३ वर्षीया महिला उपचारका लागि गाडीमा सवार भएर भेरी अस्पताल नेपालगन्ज आईन । अस्पतालको ईमरजेन्सी र वार्डहरु भरिएका कारण उपचारका लागि भर्ना पाईनन् । गाडीमा छटपटीएर मृत्युवरण गरिन । उनलाई कोरोना संक्रमण भएको होईन । मृगौला सम्बन्धी समस्या लिएर उनी उपचारका लागि अस्पताल आएककी हुन ।
    शिक्षण अस्पताल कोहलपुरमा भर्ना नपाएपछि बैजनाथ गाउँपालिका चिसापानीकी कोरोना संक्रमित महिला बुधबार रुदै घर फर्किन बाध्य भईन । अक्सिजन र बेड भएको भन्दै अस्पतालका स्वास्थ्यकर्मीहरुले चाहेर पनि भर्ना गर्न नसकेका हुन । कोरोनाका विरामीहरुको उपचारमा सक्रियताकासाथ लागेका भेरी र शिक्षण अस्पताल नेपालगन्जमा दैनिक दर्जन भन्दा बढी कोरोना संक्रमितहरु उपचारका लागि भर्ना हुन आउँछन् । तर बेड अभाव भएको भन्दै उनीहरुलाई फिर्ता पठाउने गरिएको छ । भेरी अस्पताल नेपालगन्जका प्रमुख डा. प्रकाश थापाले कोभिडका विरामीहरुको चाँप बढेका कारण भर्ना लिननसकेको बताए । उनले कोभिड वार्डमा बेडसमेत राख्ने स्थान छैन । भेरीमामात्रै २९२ कोरोनाका विरामी छन् । १४२ कोरोना विरामीका लागि बेड छ ।
    त्यस्तै शिक्षण अस्पताले बुधबार बिज्ञप्ती जारी गरी अक्सिजन अभावको कारण देखाउँदै थप कोरोनाका विरामीहरुलाई भर्ना लिननसक्ने जनाएको छ । उसले यसअघि तीन सय बेडको कोरोना वार्ड बनाउने घोषणा गरेको थियो । अस्पताजलका प्रबन्ध निर्देशक डा. सुरेश कनौडीयाले अक्सिजन अभावका कारण कोरोनाका विरामी भर्ना गर्न नसकेको बताउँछन् । अक्सिजनबिना हामीले कोरोनाका विरामी भर्ना लिनसकेका छैनौ । हामी चाहेर पनि लचार बनेका छौँ, उनले भने । उक्त अस्पतालमा १५० कोरोना संक्रमितको उपचार भइरहेको छ । पछिल्लो १२ घण्टामा बाँकेमा १० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५७ जना पुगेको छ

  • २३ बैशाख २०७८, बिहीबार १५:५८ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा