बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु - Dastabej

बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु


  • रुपा गहतराज

  •  

    बाँके — बाँकेमा कोरोना संक्रमणबाट थप ८ जना संक्रमितको मृत्यु भएको छ ।  जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार मृत्यु हुनेमा  नेपालगन्जका ६ जना, बर्दिया र कैलालीका एक/एक जना छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का ३४ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । उनको शुक्रबार बिहान १:३० बजे मृत्यु भएको हो ।त्यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का ५६ वर्षीया महिलाको राति २ बजे मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ का ५२ वर्षीय पुरुषको भेरी अस्पतालमा बिहान ३ बजे मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ का ६० वर्षीया महिलाको बिहान ३.३० बजे भेरीमा मृत्यु भएको छ । यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० का ५४ वर्षीया महिलाको बिहान ६ बजे मृत्यु भएको छ ।  नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का ५४ वर्षीय पुरुषको शिक्षण अस्पताल, नेपालगन्जमा बिहान ६.५० बजे मृत्यु भएको छ । यस्तै बर्दिया बारबर्दियाका ४७ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । कैलाली टीकापुरका ४८ वर्षीया महिलाको राति ११:३० बजे भेरी अस्पतालमै मृत्यु भएको छ ।

  • २४ बैशाख २०७८, शुक्रबार १३:०१ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता