बाँके — कोहलपुर नगरपालिका—५ का ५९ वर्षीय पुरुषको पीसीआर रिपोर्ट कुर्दाकुर्दै अस्पतालमा ज्यान गएको छ । शुक्रबार ३ बजेतिर नेपालगन्ज मेडिकल कलेज कोलहपुरमा परिवारले बिरामी ल्याएर अस्पताल प्रांगणमा पीसीआर रिपोर्ट पर्खेका थिए ।पीसीआर कुर्दाकुर्दै बिरामीको मृत्यु भएपछि आफन्तीले रिक्सामा राखेर कालो प्लास्टिकले बेरेर शव घर लगेको तस्बिर कोहलपुर मेडिकल कलेज नेपालगन्जका डा. देवेन्द्र आचार्यले खिचेका छन् । उनले फेसबुक पोस्टमा संक्रमितको अवस्था दिनानु दिन बढ्दै गएकोले मनोबल बढाउन अनुरोध समेत गरेका छन् .
ईकान्तिपुरबाट