नेपालगन्ज । हजुर आमा गुमाएपछि भेरी अस्पताल नेपालगन्जका डा. बद्री चापागाईले आफ्नो फेसबुक पेजमा भावविहोल हुँदै हरेकी खोकी र ज्वरो कोराना भएको उल्लेख गरेका छन् । उनले ७ घण्टा अघि स्टाटस लेखेका हुन । उनले लेखेका छन्, चिकित्सककै निम्ति पनि मृत्यू तबसम्म मात्र (केस) रहन्छ जब त्यो कुनै अपरिचितको हुन्छ। भावुक भएर सधै चल्दैन। तर, जब आफ्नै कसैलाई गुमाइन्छ, किलकिले दुख्ने मात्र होइन, अनायासै आँखा रसाउने पनि उस्तै हो। जो जे भए पनि मन, मुटु एकै त हुने रहेछ।
श्रद्धाञ्जली मातृहजुरआमा, गोकुलधाम प्रस्थानको निम्ति 💐💐💐
राधे । राधे ।।
अहिलेको विषम् परिस्थितिमा अन्यथा प्रमाणित नहोउन्जेल (प्रत्येक ज्वरो कोभिड हो, प्रत्येक खोकी कोभिड हो, अनि प्रत्येक मृत्यू कोभिडको कारणले हो ।