नेपालगन्ज । नाम बिक्रम चौधरी । घर कोहलपुर नगरपालिका नेउलापुर । पेशाले उनी नेपाली सेनाका सहसेनानी हुन । जसका कमान्डमा कोरोना महामारीमा मृत्यु भएका बाँकेका १७७ र बाहिर जिल्लाका १३७ गरि ३१४ शब ब्यवस्थापन भएको छ । हाल उनी भैरव दल गण ईमामनगर ब्यारेकमा कार्यरत छन् ।
कोरोनाको कहर सुरु भएयता उनी एक वर्षदेखि संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्दै आएका छन् । उनको नेतृत्वमा १५ जनाको टोली परिचालित छ । शव व्यवस्थापनका लागि दुई समूह बनाइएका छन् । १०।१५ शव एकैदिन भए व्यवस्थापनका लागि सामूहिक रुपमा अन्तिम संस्कारका लागि आग्रह गर्छौ, उनले भने,नेपालगन्जको हकमा राप्तीके सिधानीया र कोहलपुरको हकमा मानखोलामा शव व्यवस्थापन गर्दै आएका छाँै ।)
मृतकका आफन्तहरुले आफ्नो अनुकुल गर्न खोज्दा कहिलेकसो गाह्रो हुने गरेको उनको अनुभव छ । शव व्यवस्थापन गर्दा आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरिएकोले कोरोनाको संक्रमणबाट आजसम्म जोगिएको उनले जनाए । उनको नेतृत्वमा बाँके र बर्दियामा कोरोनाबाट मृत्यु भएका शवहरु व्यवस्थापन हुँदै आएको छ ।