बिक्रीवितरणको विवरण तीन दिन भित्र पेश गर्न निर्देशन – Dastabej

बिक्रीवितरणको विवरण तीन दिन भित्र पेश गर्न निर्देशन


  • सुनिल रेग्मी

  • पछिल्लो समयमा बजार अनुगमनलाई तीव्रता दिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जले कोरोनाका सिरियस विरामीहरुले प्रयोग गर्ने “रेम्डीसिभिएर” नामक औषधिको अभाव भैरहेको र बजारमा चर्को मुल्यमा बिक्रि भैरहेको आम गुनासो आइरहेका बेला आज विभिन्न औषधि पसलहरुको अनुगमन गरेको छ l
    अनुगमनका क्रममा कोहलपुर मेडिकल कलेज भित्र संचालनमा रहेको गौतम बुद्ध नेपालगंज फार्मेशी प्रा.लि. कोहलपुर डिपोमा बैशाख महिनामा मात्र विभिन्न कम्पनीका ३ सय ६६ थान “रेम्डीसिभिएर” औषधि खरिद भै आएको देखिएकोमा सो औषधि क-कसलाई, कुन-कुन मितिमा, कुन-कुन बिल नं. बाट, के-कति रकममा बिक्रीवितरण गरेको हो ? सोको विवरण तीन दिन भित्र कार्यालयमा पेश गर्न निर्देशन दिईएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जका सुचना अधिकारी देवीलाल चौलागाईंले जानकारी दिनुभयो l विवरण प्राप्त भएपछि मात्र “रेम्डीसिभिएर” को कालोबजारी भए / नभएको भन्न सकिने उहाँले बताउनु भयो l
    आजको बजार अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौड्याल र सोहि कार्यालयका सुचना अधिकारी देवीलाल चौलागाईं, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत – हरिश्चन्द्र शर्मा, औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका धन बहादुर बोहरा र लोकेश गिरी, अधिवक्ता एवं उपभोक्ता हित संरक्षण मंच बाँकेका अध्यक्ष – बसन्त गौतम, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक – कमल बहादुर बिष्ट लगायतको सहभागिता रहेको थियो l

  • २६ बैशाख २०७८, आईतवार १७:३९ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ७. मेयरमा नेपाली कांग्रेसले  प्रशान्त बिष्टलाई दियो टिकट