नेपालगन्ज । अक्सिजन अभावमा भर्ना बन्द गरिएको सार्वजनिक सूचना जारी गर्ने शिक्षण अस्पताल नेपालगन्जका लागि आईतबार दिउँसो लिक्विड अक्सिजन आईपुगेको छ । अब उत्तः अस्पतालले कोरोनाका विरामी भर्ना लिन्छ कि दिदैन चासोको विषय बनेको छ ।अस्पतालले अक्सिजन नभएको भन्दै कोरोनाका विरामी भर्ना बन्द गरेको थियो । उक्त अस्पतालका कोरोना स्रोत व्यक्ति डा. दिनेश श्रेष्ठले आईतबार पौने चार वजेतिर अक्सिजन बोकेको ट्याकर आईपुगेको जनाए । ‘अक्सिजन आयो । कति विरामीलाई भर्ना गर्न सकिन्छ छलफल भइरहेको छ,’ उनले भने,‘सकेसम्म आजै सा“झबाट भर्ना लिन्छौ होला ।’ उक्त अस्पतालमा १०६ कोरोना संक्रमित भर्ना छन् । ति मध्ये २९ जनाको स्वास्थ्य अवस्था जटिल छ । अक्सिजन अभावकै कारण भेन्टीलेटर बन्द गरिएको थियो । उक्त अक्सिजन भारतको झारखण्डबाट मगाइएको हो ।