नेपालगन्ज । कोरोनाका विरामीले अस्पतालहरु भरिएर थेग्न नसक्ने अवस्था आएपछि नेपालगन्ज उपमहानगरपालिका १ का वडाध्यक्ष प्रमोद रिजालले नयाँ जुक्ति निकाले । अस्पताल भर्ना नपाएर कोराना संक्रमितहरुको मृत्यु भइरहेको खबरले उनी चिन्तित बने । र, आफ्नै घरमा आइसोलेसनमा बसेका आफ्नोे वडाका कोरोना संक्रमितहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउन चिकित्सकसहित घरघरमै पुगे । शनिबा डा. पारस श्रेष्ठ, स्टाफ नर्स सुमन गिरीलगायतको टोलीले उक्त वडाका संक्रमितहरुलाई घरघरमा पुगेर स्वास्थ्य सेवा दिइ । भेरी अस्पतालका नेपालगंन्जका कन्सल्टेन्लेट फिजिसियन डाइग्लोसिस बिभाग प्रमुख डा. पारस श्रेष्ठ आफै बिरामीको घरदैलोमा पुगेर स्वास्थ्य जा“च गरे । ‘होम आइसोलेसनमा बसेकाहरु धेरै जसो माइल्ड नै देखिए । घर बस्दा स्वास्थ्य मापदण्ड अपनाएर बसेको देखियो,’ डा. श्रेष्ठले भने‘, एक जनामात्र घरमै अक्सीजन लिइराखेका हुनुदोरैछ ।’ होम आइसोलेसनमा बसेकाहरुको प्लस जा“च गर्र्ने अक्सिजन लेभल नियन्त्रणमा राख्नका लागि दैनिक रुपमा स्वास्थ्यकर्मीको निगरानी आवश्यक हुने उनले बताए । ‘अहिले अस्पतालमा विरामीको चा“प बढेका कारण अस्पतालमा जाने अवस्था छैन । त्यसैले घरमै उपचार पाएर सुरक्षित तरीकाले बस्नुनै उत्तम बिकल्प हो,‘उनले भने,‘धेरै अक्सिजन लेभल कम भएकालाई आइसोलेसनमा म्यानेज गर्ने र्छौ ।’
वडाध्यक्ष रिजालले संक्रमितलाई अक्सिजन जाँच गर्न अक्सिमिटर, ज्वरो जा“च्न थर्ममिटर र आवश्यक पर्ने औषधि संक्रमितहरुलाई दिए । चिकित्सकसहति वडाध्यक्ष रिजाल घरघरमै पुगेपछि कोरोना संक्रमितहरुको मनोबल बढेको छ । यसअघि उनी आफै कोरोना संक्रमित भएका थिए । ‘हामीले सुरुमा नै यो काम गर्न सोँचेका थियौ । वडाका कर्मचारी नै कोरोना सक्रमित भएपछि काम रोकियो,’ उनले भने,‘ चिकित्सकले हेरेर गर्ने औषधी तथा एक्सरेलगायत अन्य परीक्षणको सिफारिस गरेमा वडा कार्यालयले निशुल्क उपलब्ध गराउछ ।’ बिरामीलाई अप्ठेरो भएर फोन आएमा जतिबेला पनि स्वास्थ्यकर्मीहरु घरमा पुग्न सक्ने वडाध्यक्ष रिजालले बताए । वडा नं. १ मा डेढ सय संक्रमित छन् । नेपालगन्जमा वडा नं. १ ले पहिलो पटक यस्तो सेवा सुरु गरेको हो ।
अक्सिजन र बेड अभाव भएको भन्दै यसक्षेत्रकै ठूलो सरकारी भेरी र निजी क्षेत्रमा सन्चालन गरिएको शिक्षण अस्पताल नेपालगन्जले कोरोनाका विरामीलाई भर्ना बन्द गरेपछि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्सेर राणाले आफूलाई सम्हालन सकेनन् । अस्पतालमा भर्ना पाउन नसकेका कोरोनाका विरामीहरुको उपचारका लागि रामलिला मैदानस्थित नारी उत्थान केन्द्रमा आईसोलेसन बनाए । आईसोलेसनमा अक्सिजन आवश्यक पर्छ । तर नेपालगन्जमा अक्सिजनको अभाव छ । अभाव टार्न आफै अक्सिजन सिलिण्डर खोज्न हिडे । अस्पतालबाहेक अन्य काममा प्रयोग भएका सिलिण्डिर डा. राणाको पहलमा आईसोलेसन केन्द्र सम्म पुगेको छ । अक्सिजन सिलिन्डरको अभाव भइरहेका बेला उनले शनिबार औद्योगिक क्षेत्रमा राखिएका सिलिन्डर रामलिला मैदानमा रहेको अक्सिजनसहितको आइसोलेसनमा केन्द्रमा बुझाएका छन् । ‘अक्सिजन अभाव टार्न शनिबारदेखि सिलेण्डरको खोजिमा छौँ । अक्सिजनसहितको कोरोना वार्डमा चिकित्सक राखेर सेवा दिएका छौ । हरेक वडालाई कोभिडबिरुद्ध लड्नका लागि१० लाख रकम खर्च गर्न दिएका छौ,’ प्रमुख डा.राणाले भन्छन्,‘तर हामी आफै अक्सिजन उत्पादन सक्दैनौ । चिन र रुससंग सम्झौता गर्न सक्दैनौ । बस यति हो हामी आफनो कार्यक्षेत्र अनुसार काम गरिरहेका छौ“ ।’ नेपालगन्ज उपमहानगरले रामलिला मैदान, वडा नम्बर ४ र वडा न. २० स्थित ह्वाईटहाउसमा आईसोलेसन सन्चालन गरेको छ ।
पहिलो चरणको कोरोना सक्रमणमा बा“केका जनप्रतिनिधी रातदिन कोरोना नियन्त्रण र ब्यबस्थापनमा सक्रियता बढाए पनि दोस्रो चरणको माहामारीमा सुस्त देखिए । भएका क्वारेन्टाइन र आइसोलेसन बन्द भए । कोरोना नियन्त्रण भएजस्तै बजारमा चलपहल सुरु भयो । समाजिक दुरी र स्वास्थ्य मापदण्डमा कडाइमा जनप्रतिनिधी आफै चुके । तर कोरोना सक्रमणको दर बढेसंगै जिल्लामा मृत्यु हुनेको संख्या बढ्न थालेपछि जनप्रतिनिधी फेरी जुरमुराएका छन् । आफनो ल्याकतले भ्याएसम्म उनिहरुले कुनै कसर बाकी राखेका छैनन् । नेपालगंन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दका अनुसार नेपालगंन्ज उपमहानगरपालिका भित्र हालसम्म ७ हजार ६ सय १० जना सक्रमित छन् । ३२९० जना महिला र ४३२० पुरुष छन् । हालसम्म ५ हजार ४ सय ४६ जना डिस्चार्ज भइसकेका छन् । उपमहानगरभित्रकाका ३२ जना पुरुष र ३३ जना महिला गरी ६५ जनाको मृत्यु भइसकेको छ । तिन हजार सक्रिय सक्रमित छन् ।
कोहलपुर नपालिकाका उपप्रमुख सन्जु कुमारी थारुले आफुले प्रयोग चढ्ने भे २ झ २३१ नम्बरको सरकारी गाडी कोरोना माहामारीमा नगरबासी र स्वास्थकर्मीहरुको सहजताका लागि नगर स्वास्थ्यलाई जिम्मा लगाएकी छन् ।
चिकित्सकीय परामर्श सेवालाइ प्रभावकारी बनाउन एम्बुलेन्स सेवा,स्वास्थ्य सामाग्री ओसार पसार गर्ने लगायत महामारी विरुद्धको लडाइमा उपयोग गर्न संम्बधिन्त स्वास्थ्यका पदाधिकारीहरुलाई अनुरोध गरेको उनले बताइन् । गत बर्षपनि कोरोना माहामारीलाई झेलेका जनप्रतिनिधि माथिल्लो निकायको समन्वयको अभावका बाबजुध आफूले सक्ने गरेको बताउछन् । ‘कोरोनाको महामारीमा सर्वसाधारणहरुलाई स्वास्थ्य सेवा सहजरुपमा दिन आफूले चढ्ने गाडी उपलब्ध गराएको हुँ,’ कोहलपुर नगरपालिकाकी उपप्रमुख सन्जुकुमारी चौधरीले भनिन्,‘नागरिकको स्वास्थ्य ठूलो कुरा हो । हाम्रो दायित्व पनि सेवा दिनु हो ।’ होम आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई नगरपालिकाका प्रमुख लुटबहादुर रावत र उपप्रमुख थारु घरमै पुगेर भेट्ने र स्वास्थ्य अवस्था जानकारी लिने गरेका छन् ।
कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखाका कोरोना स्रोत व्यक्ति गेहराज खनालले आइसोलेसनको अबधिभर संक्रमितहरुलाई निःशुल्क रुपमा आवश्यक चिकित्सकीय परामर्श र अत्यावश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउ“दै आएको बताए । कोहलपुर नगरपालीकामा १ हजार ४ सय ७६ जना सक्रमित छन् । ९ सय ३९ जना होम आइसोलेसनमा बसेका छन्् । हालसम्म कोरोना सक्रमण पुष्टि भएका १७ जनाको मृत्यु भइसकेको छ । कोहलपुर नगरपालिकाले ५० बेडको आइसोलेसन र २५ बेडको अक्सिजन बेड सहितको अस्पताल बनाएको छ । नागरिकको दबाबका कारण जनप्रतिनीधीहरु संक्रिया बढेको देखिन थालेका छ । खजुरा गाउँपालिकाका १ का वडाध्यक्ष सुमन मल्लले आफैले चिकित्सक र अक्सिजनसहितको आइसालेसन बनाएका छन् । नेपालगन्ज उपमहानगरपालिका १२, वडा न. ४ ले पनि वडाबासीका लागि आइसोलेसन बनाएका छन् । खजुरा गाउ“पालिकाले छुट्टै जनक शिक्षा सामाग्री केन्द्रको भवनमा ५० बेडको आइसोलेसन बनाएको छ । अन्य पालिकाहरुले पनि आइसोलेसन बनाउन थालेका छन् ।