काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को विश्वास माग्दा ९३ सांसदले मतदान गरे । विपक्षमा १२४ मत पर्यो । उक्त मत प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपाका ९ उपेन्द्र यादव(बाबुराम भट्टराई) समूहका सांसदले मत दिएका छन् । जसपका महन्थ ठाकुर र राजेन्द्र महतो समूहका १५ सांसद तथस्त बसे । एमालेका झलनाथ खनाल, माधवकुमार नेपाल समूहका २७ सांसद मतदानमा सहभागि भएनन् । सोमबारको मतदानमा जम्मा २ सय ३२ जना सांसद सहभागि थिए । बहुमतको सरकार बनाउन १३८ सांसद आवश्यक पर्छन ।