कोरोनाका विरामीहरु एक सिलिण्डर अक्सिजन किन्न १५ देखि २५ हजार तिर्न बाध्य - Dastabej

कोरोनाका विरामीहरु एक सिलिण्डर अक्सिजन किन्न १५ देखि २५ हजार तिर्न बाध्य

कोरानापीडितका आफन्त भन्छनः आफै अक्सिजन खोज्नु पर्दा निकै तनाव झेल्नु परेको छ । ः


  • शम्भुप्रसाद थारु

  • नेपालगन्ज । कोरोना संक्रमणका कारण बिरामीहरुको चाँप अस्पतालमा थेगिसक्नु अवस्था छैन । अस्पतालमा बिरामीहरु अक्सिजन नपाएर छट्पटाई रहेका छन् । बिरामीका आफन्तहरु तनावमा छन् । सरकारले अस्पतालहरुमा अक्सिजन कोटा तोकेपछि सन्चालकहरुले विरामीका कुरुवालाई अक्सिजन खोज्न भन्दै तनाव दिइरहेका छन् । जसका कारण विरामीको ज्यान जोगायउन आफन्तहरु अक्सिजन उद्योगमा आफै पुग्न थालेका छन् । एक सिलिण्डर अक्सिजनको मुल्य १५ देखि २५ हजार अग्रिम जम्मा गर्नुपर्छ । सानो सिलिण्डरको १५ हजार र ठूलो सिलिण्डरलाई २५ हजार धरौटी राख्नु पर्छ । नेपालगञ्जमा दुई अक्सिजन उद्योग छन् । परासपुरमा रहको एचओ अक्सिजन इन्डस्ट्रिज र कारकाँदोमा सुर्य शक्ति अक्सिजन उद्योग छ । ती अक्सिजन उद्योगबाट धरौटी राखेर अहिले अक्सिजन सिलिन्डर बिरामीका आफन्तहरुले लाग्ने गरेको देखिन्छ । सोमबार दिउसो नेपालगन्ज ७ का बिनोद कुमार पछाई, नेपालगन्ज परसपुरको एचओ अक्सिजन इन्डस्ट्रिजमा भेटिए । १५ हजारका दरले ३० हजार धरौटी राखेर २ वटा सानो सिलिण्डरका अक्सिजन लिन उनी आएका हुन । आफन्तलाई श्वासप्रश्वासमा समस्या भएकाले अक्सिजन सिलिन्डर लग्न लागेको पछाईले बताए । यस्तै नेपालगञ्जका ललित बस्नेतले पनि आफ्ना आफन्तको लागि १५ हजार धरौटी राखेर एक वटा सिलिन्डर लग्न लागेको बताए । बाँकेमा बिरामीका आफन्तहरुले अस्पताल र घरमा कोरोनाको बिरामीको लागि उद्योगबाट अक्सिजन लग्ने गरेकाछन् । सुर्य शक्ति अक्सिजन उद्योगका संन्चालक राजिब टलंङ्गका अनुसार धरौटीमा दिएको अक्सिजन सिलिन्डर दुई प्रतिशतले मात्रै स्वास्फुर्त रुपमा उद्योगमा बुझाएका छन् । २० प्रशित सिलिण्डर आफैले उठाएको र ६० प्रशित सिलिण्डर निर्माण उद्योगमा रहेको टलंङ्गले बताए । यस्तै एचओ अक्सिजन उद्योगका संञ्चालकका महेश कुर्मीका अनुसार खाली सिलिन्डर मात्रै भरेर पठाउने गरेको बताए, पनि उक्त उद्योगबाट दैनिक धरौटी राखेर अक्सिजन सिलिन्डर लागि रहेको देख्न सकिन्छ । जिल्ला प्रशासन कार्यालय बाँकेले खाली सिलिण्डर घरबाट उठाईरहको सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले बताए । बिष्टका अनुसार ७१ वटा सिलिण्डर उठाई सकेको र बाँकी उठाउने कार्य जारी रहेको छ । यस अघि बाँके प्रशासले खाली सिलिन्डर घरमा नराख्नका लागि सूचना जारी गरिसकेको छ । राखेको पाएमा नियमानुसार करवाही हुने पनि बिष्टले बताए पनि धरौटीमा गएको सबै सिलिण्र तत्काल फिर्ता हुने देखिन्न । यसरी धरौटीमा दिएको सिलिण्डर समयमा फिर्ता भएन भने भोलीका दिनमा अक्सिजन सिलिण्डरको कृतिम अभाव हुन सक्ने देखिन्छ । अवस्था भयावह बन्दै जाँदा,अहिले धरौटी राखेर अक्सिजन मिले पनि भोली धरौटी राखेर पनि अक्सिजन पाउने अवस्था हुदैन । यसका लागि अक्सिजनको बितरण मापदण्ड बनाएर गर्नु पर्ने अवस्था छ ।

  • २८ बैशाख २०७८, मंगलवार १६:३२ प्रकाशित

  • Nabintech
  • १. खजुरा गाउँपालिका- ५ का वडा अध्यक्ष कक्षा ८ को परीक्षा दिँदै
  • २. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • ३. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ४. जानकी ३ इन्द्रपुरमा बालबिवाह सम्बन्धि अन्तरक्रिया
  • ५. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा