नेपालगन्ज । यस क्षेत्रकै ठूलो सरकारी अस्पताल भेरी अस्पताल नेपालगन्जमा खासमा १८ बेडको आईसीयु थियो । स्वास्थ्य अवस्था निकै जटिल भइसकेका कोरानाका विरामीका लागि १५ वटा भेन्टीलेटर छ । त्यही अस्पतालमा भर्ना भएका करिव ७०÷७५ कोरोनाका विरामी उच्च श्रेणीको आइसीयुमा राख्ने अवस्थाका छन् ।
यहीबिचमा बर्दियाका ४० बर्षीय पुरुषको अस्पताल पुग्दा पनि मंगलबारको ज्यान गयो । विरामीको सहारा एम्बुलेन्समा नै उनले प्राण त्यागे । भरपर्दो आईसीयु नपाएपछि शरीरमा अक्सिजनको मात्रा कम भएपछि उनी एम्बुलेन्समै ज्यान गुमाए । अक्सिजन पाउन उनलाई राम्रो आइसीयु आवश्यक थियो । जानकी गाउँपालिकाकी ३ की ५५ बर्षीयाको मृत्यु भयो । मंगबारमात्र नेपालगन्जका भेरी र शिक्षण अस्पतालमा उपचार गराईरहेका १५ कोरोना पीडितको ज्यान गयो । त्यसो त आइसीयुको सुविधा अनुसार बर्गिकरण गरिएको हुन्छ ।
‘क’ श्रेणीको आईसीयुमा क्यापसहितको फूल अक्सिजन दिन मिल्नेसहितको मोनीटर राखिएको हुन्छ । अन्य समान्य आइसीयुुमा अक्सिजनसहितको लाईन दिइएको हुन्छ । तर कोरोनाको संक्रमण बढेसंगै भेरीमा करिव दुई सय बेडमा पाईपबाट अक्सिजन पु¥याउने प्रयास गरिएको छ । जसलाई आइसीयु भनिएको छ । उच्च श्रेणीको आइसीयुमा राख्नु पर्ने विरामीलाई समान्य आइसीयुमा राख्दा मृत्युको संख्या बढेको छ ।
‘कोरोना विरामी मर्नुको प्रमुख कारण अस्पतालले थामीनसक्नु संक्रमण बढ्नु र अक्सिजनको माग धान्न नसक्नु नै हो,’ भेरी अस्पताल नेपालगन्जका डा.बद्री चापागाई भन्छन्,‘खासमा हामीसंग आईसीयु १८ वटा हो । तर कोभिडको संक्रमण बढेसंगै २ सय बेडमा अक्सिजन पाईपबाट बेडमा पु¥याउनु सानो कुरा होईन ।’ उनले अस्पताल भर्ना भएका मध्ये करिव ७५ विरामीहरु आईसीयुमा राख्नेखालको रहेको जनाए । उनले अस्पतालले धान्न नसकेर विरामीहरुसंग किनाउनु पर्ने आवस्था आउनसक्ने जनाए । ‘तरपनि क्यापजस्ता सांस फेर्ने मास्क र सर्किट अस्पतालले निशुल्क दिंदै आएको छ । यसको मुल्य ७ देखि ८ हजारसम्म पर्छ,’ डा. चापागाईले भने,‘मुख्य कुरा विरामीको ज्यान जोगाउन अक्सिजनसहितको आइसीयु बढाउन आवश्यक छ ।’
भेरी अस्पताल नेपालगन्जका वरिष्ठ फिजिसीयन तथा कोरोना स्रोत व्यक्ति डा. संकेत रिसालले कोरोनाको संक्रमणअघि जस्तो सिमित आइसीयुले हाल काम नचल्ने बताए । ‘अस्पताल भर्ना भएका ९९ प्रतिशत कोरोना संक्रमित विरामी छन् । हिजोजस्तो ६ बेडको आइसीयुले पुग्छ,’ उनले भने,‘सबै बेडलाई आईसीयु बनाउन सम्भव पनि छैन । त्यसैले कोरानाका विरामीहरु राखिएका बेडमा सकेसम्म अक्सिजन जोडिएको छ । यसले पनि केही सहयोग पु¥याएको छ ।’ उनले इमरजेन्सीमा समेत कोरोना संक्रमितहरुलाई राखेर उपचार गर्नु परेको बताए । ‘आइसीयुको बर्गिकरण हुन्छ । तर यो महामारीमा अब कसलाई आइसीयु बेड मान्ने,’ डा. रिसाल भन्छन्,‘अक्सिजन जोडिएको बेडलाई आइसीयु मान्नु पर्ने अवस्था आएको छ ।’ अस्पताल भर्ना नपाएर छटपटि रहेका विरामीलाई अक्सिजन जोडिएको बेडले पनि राहत दिएको छ । यद्यपी बढी अक्सिजन आवश्यक पर्ने विरामीहरुको भने समान्य बेडमा ज्यान जाने गरेको चिकित्सहरु स्वीकारछन् ।
कोरोनाका लागि १४२ बेडको अस्पतालमा मानिएको भेरीमा २१० बेड पुरयाइएको छ । बेड ब्यबस्थापन अस्पतालका हरेक कुना काप्चामा बेड थप्दै गर्दै २४९ जना कोभिडका बिमारी अस्पतालमा उपचारमा छन । अस्पतालमा रहेका १ हजार ५ सय ७३ जना भर्ना भएका मध्ये एक हजार ९१ जना कोराना जितेर फर्किएका छन् । १८३ ले ज्यान गुमाए । केहि बिमारी रिफर गएका छन ।
यसरी मृत्युहुनेमा दिर्घरोगी उपचारमा समस्या भएपछि मात्र अस्पताल पुरयाउने बढि छन् । अस्पतालका प्रमुख डा. प्रकाश थापाले भने,‘पिसिआर चेक नगराइ घरमै बस्ने अवस्था क्रिटिकल भएपछि मात्र अस्पातल पुग्नाले पनि मृत्युदर बढिरहेको हो ।’ समयमा अक्सिजनसहतिको बेड नपाउदा भर्ना भएका बिमारीहरु मर्नुपर्ने अवस्था आएको छ अस्पताल ब्यबस्थापन समीतिका अध्यक्ष प्रमोद धितालले भने, लिक्युड टयाकंर आयो तर रह म्याटीरीयल नहुँदा अक्सिजन पुरयाउन सकिएको छैन’ । अस्पताले लिक्युड अक्सीजनका लागि १५ दिन अघि अनुरोध गरेपनि अहिले सम्म उपलब्ध भएको छैन् । अक्सीजन नभए बिमारी छटपटीएर मर्ने अवस्थामा पुग्छन धितालले भने,‘अर्काे तिर अस्पताल संग समन्य नगरेर बिमारी पठाउदा पनि बाटोमै अक्सीजन नपाएर बिमारी ज्यान गइरहेको छ ।’ अहिले अस्पतालमा रहेका ९० प्रतिशत बिमारी अक्सीजन बेडमा उपचारर्थ छन् । अप्पतालमा दैनिक ४५० वटा ठुला सिलेण्डर खपत भइरहेको छ । बिमारीको चाप बढदा अक्सीजनको खपत बढिरहेको हो । बाँकेमा रहेका दुइवटा अक्सीजन सप्लायर्सले पश्चिम नेपालकै ठेला अस्पतालमा अक्सीजन सिलेण्डर निर्यात गरीरहेका छन् । बाँकेका दुई ठूला अस्पतालमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा ६ जना बर्दिया, ५ जना बाके र एकजना रुकुम पूर्वका रहेका छन् ।