'सरकार ! मलाई पानी जहाज होईन ! एक सिलिन्डर अक्सिजन दे !' - Dastabej

‘सरकार ! मलाई पानी जहाज होईन ! एक सिलिन्डर अक्सिजन दे !’


  • अर्जुन पराजुली

  • नेपालगन्ज । अक्सिजन अभावमा दैनिक दर्जनौ कोरानाका विरामीहरुको मृत्यु हुन थालेपछि कबी अर्जुन पराजुलीको मन थामिएन । र पोखियो अक्षरमा । उनले अक्सिन अभावमा छटपटिरहेका विरामीको अवाज बोले सरकार मलाई एक सिलिण्डर अक्सिजन दे ।

    सरकार !
    तेरो पानीजहाज लैजा
    चुच्चे रेल लैजा
    तेरो स्मार्ट- सिटी लैजा

    तेरो उद्घाटन लैजा, शिलान्यास लैजा

    पाइपबाट घरघरमा ल्याएको ग्यास लैजा

    मेरा बाको औंठी लैजा, घडी लैजा

    मेरी आमाको तिलहरी लैजा

    सरकार !

    यी सबैको बदलामा तैंले

    मलाई एक सिलिन्डर अक्सिजन दे !

     

  • २९ बैशाख २०७८, बुधबार १६:०५ प्रकाशित

  • Nabintech
  • १. खजुरा गाउँपालिका- ५ का वडा अध्यक्ष कक्षा ८ को परीक्षा दिँदै
  • २. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • ३. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ४. जानकी ३ इन्द्रपुरमा बालबिवाह सम्बन्धि अन्तरक्रिया
  • ५. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा