नेपालगन्ज । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ को कार्यालयलाई आईसोलेसन वार्ड बनाइएको छ । चार जना महिला र १० जना पुरुषलाई राख्न सकिने गरी १४ बेडको अस्थाई आईसोलेसन तयार गरिएको वडा अध्यक्ष बुद्धीसागर सुवेदीले जानकारी दिए । उनका अनुसार भाडामा बस्ने र घरमा आईसोलेसनको सहज व्यवस्था हुन नसक्नेहरुका लागि लक्षित गरी आईसोलेसन तयार गरिएको हो । केही दिनमा चिकित्सक र औषधीसहितको घरदैलो अभियान सन्चालन गरिने कार्यालयले जनाएको छ ।
यसअघि वडा नम्बर ४ ले दुईजना चिकित्सकसहित १० सइयाको आईसोलेसन सन्चालन गरिरहेको छ । उपमहानगरपालिकाले ह्वाईटहाउस र रामलिला मैदानमा आईसोलेसन केन्द्र सञ्चालन गरिरहेको छ । वडाहरुमा चिकित्सक सहितको घरदैलो र सेनिटाईजर गर्ने कार्य चलिरहेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा र उपप्रमुख उमा थापा मगरले बिहिवार वडा कार्यालयमा आईसोलेसनको उद्घाटन गरेका हुन । कार्यक्रममा वडा सदस्य तरुण बज्राचार्य ,स्थानीय राजनीतिकर्मी नेत्र जग शाह अमृत अचार्य ,हरि बाबू घिमिरे लगायतको सहभागी रहेकोे थियो ।