एजेन्सी — माधवकुमार नेपालसहित नेकपा एमालेले चार नेताको निलम्बन फुकुवा गर्ने निर्णय गरेपछि सरकार कस्को नेतृत्वमा बन्ने थप अन्यौलता थपिएको छ । बालुवाटारमा बिहिबार बसेको स्थायी कमिटी बैठकले नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । गठबन्धन सरकार गठनका लागि राष्ट्रपतिले दिएको तीन दिने समयसीमाको अन्तिम दिन बिहीबार बिहानैदेखि राजनीतिक दौडधूप र भेटवार्ता भइरहेका बेला अध्यक्ष ओलीले निलम्बन फुकुवाको निर्णय गरेका हुन । यसले कांग्रे सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सरकार गठनमा चुनौती थपिएको छ । निलम्बन फुकुवापछि नेपाल पक्षका नेताले सकारात्मक लिएका छन् ।
जसपा अध्यक्ष महन्थ ठाकुरले आफू पक्षका सांसदलाई भक्तपुरको एक रिसोर्टमा राखेपछि गठबनधनको सरकार गठनमा शंका उत्पन्न भएको छ । बिहीबार दिउँसो पार्टी कार्यालय बबरमहलबाट आफ्नो पक्षका सांसदलाई ठाकुरले भक्तपुरको एक रिसोर्टमा पुर्याएका हुन् ।