१० मिनेट बिजुली गए ३५ मिनेट अक्सिजन उत्पादन बन्द – Dastabej

१० मिनेट बिजुली गए ३५ मिनेट अक्सिजन उत्पादन बन्द

बिद्युत फिडर माग


  • दस्तावेज

  • नेपालगन्ज । १० मिनेट लाईन गयो भने कम्तिमा ३५ मिनेट खेर जान्छ । यसले अक्सिजन उत्पादनमा असहज बनाउँछ । ३५ मिनेटसम्म मेसिनले ब्याकप लिएपछि पुनः उत्पादन सुरु हुन्छ । दिनमा धेरै पल्ट बिजुली जान्छ । एचओ अक्सिजन उद्योग परसपुरका संञ्चालकका महेश कुर्मीले बिद्युतका कारण उत्पादनमा कमी आएको बताउँछन । यो महामारीका बेला हाम्रा लागि पलपल महत्व राख्छ । तर एक पल्ट बिजुली गयो भने कम्तिमा आधा घण्टा उत्पादन रोकिन्छ, उनले भने । कोरोनाको महामारीले चरम रुप लिइरहँदा अक्सिजनको माग अधिक बढेको छ । तर बिद्युत अनियमितताका कारण उत्पादनमा समस्या हुने गरेको छ । उनले २ घण्टा बिजुली पाए ९ सय देखि १ हजार सिलिण्डर उत्पादन गर्न सक्ने जनाए । उनले २४ घण्टै बिजुली सेवाका लागि छुट्टै बिद्युत फिडर आवश्यक रहेको सुझाए । महामारीमा माग बढ्दै छ । त्यसैले बिद्युत आपुर्ती निरन्तररुपमा गर्न प्रशासनले सहयोग गर्न पर्छ, उनले भने । हावाहुरीका कारण दैनिक बिद्युत अवरुद्ध हुने गरेको हो । सरकारले अस्पतालहरुमा अक्सिजन कोटा तोकेपछि विरामीका कुरुवालाई अक्सिजन खोज्न पर्ने तनाव छ । एक सिलिण्डर अक्सिजनको मुल्य १५ देखि २५ हजार अग्रिम जम्मा गर्नुपर्छ । सानो सिलिण्डरको १५ हजार र ठूलो सिलिण्डरलाई २५ हजार धरौटी राख्नु पर्छ । नेपालगञ्जमा दुई अक्सिजन उद्योग छन् । परासपुरमा रहको एचओ अक्सिजन इन्डस्ट्रिज र कारकाँदोमा सुर्य शक्ति अक्सिजन उद्योग छ । सुर्य शक्ति अक्सिजन उद्योगका संन्चालक राजिब टलंङ्गले अक्सिजनको माग बढेको बताउँछन् । जिल्ला प्रशासन कार्यालय बाँकेले खाली सिलिण्डर घरबाट उठाईरहको सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले बताए ।

  • ३१ बैशाख २०७८, शुक्रबार १४:०३ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ३. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ४. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ५. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • ६. बाँकेमा संक्रमण घट्यो, संक्रमण चेन टुटेन,फेरि संक्रमण फैलिने चिकित्सकहरुको चिन्ता
  • ७. बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या
  • ८. बाँके, बर्दियाका कुन नदीमा कति बाढी ?
  • ९. गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ
  • १०. कोरिनयनपुरको प्रवेशद्धारमा भ्वाँङ, स्थानीयले गाडे हाँगा