नेपालगन्ज । भेरी अस्पतालमा सन्चालित अन्जनी माता रसोईलाई एक सय पेटी पानी सहयोग गरिएको छ । थारु कल्याणकारिणी सभा बाँके र थारु कर्मचारी संघ बाँकेले संयुक्तरुपमा शुक्रबार एक सय पेटी पानी सयोग गरिएको थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष बिनोद थारुले बताए । अंन्जनी माता रसोईका व्यवस्थापन जितेन्द्र कुमार सिंहलाई कर्मचारी संघ बाँकेका अध्यक्ष जि बहादुर थारु, बरिष्ठ उपाध्यक्ष कुलाराम थारु, थारु कल्याणकारिणी सभा नगर सभा नेपालगन्जका अध्यक्ष बासमति थारु लगायत्ले संयुक्त रुपमा पानी हस्ताण्तरण गरेका हुन् । रसोइले अस्पतालमा बिरामीहरुलाई बिहान २० र बेलुका ८० रुपैयाँमा पेटभरी खाना र पानी निशुल्क खुवाउदै आएको छ । सस्तो मुल्यमा पेट भरी खाना खाना पाउँदा बिरामीहरुलाई धेरै सहयोग पुगेको छ ।