११ केबी फिडर जडान गरिएपछि अक्सिजन उत्पादन बढ्यो - Dastabej

११ केबी फिडर जडान गरिएपछि अक्सिजन उत्पादन बढ्यो


  • दस्तावेज

  • नेपालगन्ज । नेपालगन्जको परसपुरस्थित एचओ अक्सिजन उद्योगमा ११ केबीको नयाँ फिडर प्रसारण लाईन जडान गरिएपछि अक्सिजन उत्पादन बढेको छ । बिद्युत अनियमित हुँदा उत्पादनमा समस्या हुने गरेको थियो । एक पटक लाईन गएपछि ३५ मिनेटसम्म मेसिनले ब्याकप लिने गर्दा समय खेर जाने गरेको थियो ।

    सबै फोटो बिमल चन्द ।

    अक्सिजन अभावले कोरोनाका विरामीहरुको ज्यान जान थालेपछि बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, बाँके प्रहरी प्रमुख ओम बहादुर राना र ेनेपालगन्ज बिद्युत वितरण केन्द्रका प्रमुख लखनलाल मल्लिकको पहलमा फिडर जडान गरिएको हो । एचओ अक्सिजन उद्योग परसपुरका संञ्चालकका महेश कुर्मीले फिडर जडानपछि अक्सिजन उत्पादनमा सहयोग पुगेको बताए ।

    उनले प्रशासनले समयमै फिडर जडान गरेपछि अभाव हुन नदिन प्रयास गरिने जनाए । कोरोनाको महामारीले चरम रुप लिइरहँदा अक्सिजनको माग अधिक बढेको छ । बिद्युतको समस्या हल भएपछि दैनिक १ हजार सिलिण्डर उत्पादन गर्न सक्ने उनले जनाए । एक सिलिण्डर अक्सिजनको मुल्य १५ देखि २५ हजार अग्रिम जम्मा गर्नुपर्छ । सानो सिलिण्डरको १५ हजार र ठूलो सिलिण्डरलाई २५ हजार धरौती राख्नु पर्छ । नेपालगञ्जमा दुई अक्सिजन उद्योग छन् । परासपुरमा रहको एचओ अक्सिजन इन्डस्ट्रिज र कारकाँदोमा सुर्य शक्ति अक्सिजन उद्योग छ ।

  • १ जेष्ठ २०७८, शनिबार १६:०५ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ४. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा