बाँकेका सिडिओ गेलालः जसले धुब्रेलाई गोली हान्ने आदेश दिएका थिए - Dastabej

बाँकेका सिडिओ गेलालः जसले धुब्रेलाई गोली हान्ने आदेश दिएका थिए

कुनै बेला उनी नेपाल र अन्र्तराष्ट्यि सन्चार माध्यमका न्युज मेकर बनेका थिए ।


  • दस्तावेज

  • नेपालगन्ज । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि बाँकेका सिडिओ भएर शिवराम गेलाल आए । लगत्तै निषेधाज्ञा लगाए । करिव निषेधाज्ञा लागेको पनि तीन साता बितेको छ । सिडिओ गेलालका बारेमा बाँकेबासी अनबिज्ञ छन् । कुनै जमानामा उनी नेपाल र अन्र्तराष्ट्यि सन्चार माध्यमका न्युज मेकर बनेका थिए । घटना २०६६ को हो । उनी चितवनका निमित्त प्रमुख जिल्ला अधिकारी थिए । निकुन्जको जंगली हात्तीले आतंक मच्चायो । उक्त हात्तीको नाम धुब्रे राखियो । धुब्रेको आतंक २०६६ सालबाट सुरु भएको हो । सो वर्षको माघ २३ गते ध्रुबेको आक्रमणमा परेर पहिलो पटक मान्छेको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जको अभिलेखमा उल्लेख छ । त्यसपछि २०६९ मंसिर मसान्तसम्म उसको आक्रमणबाट १५ जनाको ज्यान गएको हो । त्योबेला ध्रुबेले माडीमा लगातार एक महिनाभित्र चारजना मारेपछि उसको आतंकको चर्चा चारै तिर फैलियो ।
    ध्रुबेलाई मार्न माग गर्दै चितवन बन्दसमेत गरियो । ६९ सालको पुस एक गते बसेको चितवनका प्रमुख जिल्ला अधिकारी सहितको बैठकले हात्ती मार्न आदेश दिएको थियो । गोली चलाउनले आदेश दिने उनै गेलाल थिए । भन्छन्, गोली मार्ने आदेश दिएपछि नेपाली र अन्र्तराष्ट्यि मिडियाहरुलाई निकै जवाफ दिनु परेको थियो । यस्ता मुद्दामा अन्राष्ट्यि संस्थाहरुले निकै चासो दिने रहेछन् ।
    त्यसपछि ध्रुबेलाई समाउन १८ वटा घरेलु हात्ती, ४० जना निकुञ्जका कर्मचारी, सेनाको ३२ जनाको विषेश टोली र राष्ट्रिय प्रकृति संरक्षण कोषका सातजना कर्मचारी दुई हप्तासम्म जंगलमा खटेका थिए । हात्तीलाई जे जसरी भए पनि नियन्त्रणमा लिनै पर्ने दवाव थियो । चितवन नै बलेको थियो । देश विदेशमा ध्रुबेको जति चर्चा त्यो बेला सायदै अरु विषयको थियो । तर एकाएक ६९ सालको पुस १५ देखि हात्ती सम्पर्क बिहिन भयो ।
    त्योभन्दा पहिल्यै हात्तीलाई बेहोस बनाएर घाँटीमा रेडियोकलर राखिएको थियो । त्यो रेडियोकलरले हात्ती कहाँ छ भन्ने संकेत पछ्याइ रहेका सेना र प्राविधिहरुलाई दिने गर्दथ्यो । पुस १५ पछि त्यो संकेत आएन । रेडियो कलर माघ २४ मा पर्सा जिल्लाको निर्मलवस्ती नजिक जंगलमा फेला परेको थियो । हात्ती नियन्त्रणमा लिन त्यो बेला १६ लाख रुपैयाँ खर्च भएको निकुञ्जका तत्कालिन प्रमुख संरक्षण अधिकृत फणिन्द्रराज खरेलले ६९ सालको चैत्र २६ गते निकुञ्जमै राखेको पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । तर हात्ती म¥यो वा ज्युदै छ आधिकारिक रुपमा कसैले केही भनेका थिएनन् ।‘लौ ध्रुबे देखियो’ भन्ने चर्चाहरु बेला बेलामा सुन्नमा नआएका हैनन् । तर बैशाख २ गते आइतबार पत्रकारहरुका अगाडी नै प्रेममा मग्न ध्रुबे फेला परेपछि निकुञ्जका अधिकारीहरुले सत्य लुकाउन चाहेनन् ।
                   पोथी हात्तीको सङ्गतले सुध्रिएको थियो ध्रुबे
    मान्छेलाई वास्ता नगर्नुको खास कारण भने थियो । किनकि उसको आडैमा थियो, पोथी हात्ती । सानो कोशिसले पाएको निकट्ता थिएन त्यो । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा हुँदै ध्रुब पोष्ट कटेपछि सुखिभार पोष्ट आउँछ । सुखिभार पोष्टमा निकुञ्जले दुईवटा हात्ती राखेको छ । एउटा पोथी तिर्थमानकली र अर्को भाले पारसगज । पोष्टका कर्मचारीहरुका अनुसार महिना दिनदेखि ध्रुबेले तिर्थमानकलीलाई पछ्याउँदै थियो । संयोग नै मान्नु पर्छ बैशाख एक गते नयाँ वर्षको रात भने उसले प्रेमीकासँगै बिताउँने अवसर पायो । यसका लागि उसले पोष्टभित्र छिरेर अलि अलि विध्वंस मच्चायो । तिर्थमानकलीलाई बाँधेको फलामको सिक्री चुडाउन बल लगायो । त्यो बेला प्रतिरोध गर्न खोज्ने पोष्टको अर्को भाले हात्ती पारसगजलाई चुप लगाउन ध्रुबेले ‘हल्का’ आक्रमण पनि ग¥यो । शरिरमा चोट परेपछि पारसगज चुप लाग्यो । ध्रुबेले सिक्री चुडाएरतिर्थमानकलीलाई राति नै जंगल तर्फ लग्यो ।
    रातभरको प्रेमक्रिडाको प्रतिफल होला बिहानपख ध्रबे शान्त थियो । आफ्ना सामुन्ने आएका मान्छेको पनि वास्ता नराखी तिर्थमानकलीलाई सुम्सुम्याउँदै थियो । ‘पोथी भेटेपछि भाले शान्त हुन्छ’ सुखीभार पोष्टमा माहुते राजेश सिंहले भने । भालेसँग गएको पोथी एकाध दिनपछि पोष्ट फर्कनेमा उनी ढुक्क थिए । पोथीसँग केही दिन मग्न भएपछि भालेको रिसाहा स्वभाव पनि हराएर जाने उनको अनुभव छ ।
    ध्रुबेले पोथी लगेपछि राजेश पोष्टको भाले चराउन बिहानै जंगल तर्फ लागे । पोथीसँग मस्त भएको भालेसँग खासै त्रस्त हुनु नपर्ने उनले बताए । ‘उसले जे खोजेको हो त्यो पाइहाल्यो । अब हामीलाई किन दुख देला र’ माहुते राजेशले भने ।

     

  • २ जेष्ठ २०७८, आईतवार ११:२८ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार