चलो चली कलवा खाए - Dastabej

चलो चली कलवा खाए

सुरु हुँदै खेतिपातीको सिजन


  • दस्तावेज

  •  

    नेपालगन्ज—खेतिपातीको सिजन सुरु हुँदैछ । केही दिनमै पश्चिम तराईका थारु समुदाय कलवा खाने परम्परा सुरु हुने छ । कलवा अर्थात बिहानको खाना । यो सिजनमा पश्चिम तराईका थारु गाउँमा कलवा खाने परम्पराले निरन्तरता पाएको छ । खेति सुरु हुनु अगावै मेघ (पानीको राजा) कमिला, भ्यागुतालगायतका किरा फट्याङ्ग्राका पूजा गर्ने परम्परा पुस्तौनी हो । किरा फट्याङ्ग्रालाई भात, मासु, माछाको सिद्रा र साग खान दिए दुःख नदिने जनविश्वास छ । कलवा खाईसकेपछि खेतिपानीको सिजन सुरु भएको सन्देश दिन्छ । कलवा खान गाउँभरीका स्थानीयहरु खेतमै पुग्छन् । हालो जोत्छन् । महिलाहरु कलवा लिएर पुग्छन् । सबै मिलेर माछाको सिद्रा, साग र मासु चढाएर आफै खान्छन् । हिलोमै काम गर्ने भएकाले रोग नलगोस भनेर कुल देउता सम्झिन्छन् । कलवा खाएको दिनदेखि खेत जोत्न जाने किसानलाई घरबाट खान पठाउन छुट हुन्छ । त्यसअघि खेतमै कलवा पठाईदैन । ‘खेतिपातीको सिजन सुरु भएलगत्तै कलवा खाने परम्परा निकै पुरानो हो । मेरो बाजेको पालामा पनि यसैगरी कलवा खाने चलन थियो,’ अगुवा गोबिन्दप्रसाद चौधरी भन्छन्,‘कलवा खाएको दिनदेखि घरबाटै खेतमा खान लगिन्छ । खेतिपाती सुरु हुन्छ ।’ बर्षाको समयमा खान बोकेरै सानाठूला सबैजसो परिवारका सदस्य काम गर्न खेत पुग्छन् । खानमा कमिला लाग्छ । भ्यागुताले बिगार गर्न सक्छ । ‘त्यसैले पुर्खाहरुले यो परम्परा सुरु गरेको हुनसक्छन्,’ उनले भने ।
    त्यसो त थारु समुदाय प्रकृतिपुजक समुदाय मानिन्छन् । कुल देउताको पूजा गर्छन । समयानुसार प्रकृतिको पूजाआजा गर्छन । खेति सकिएपछि हालोको पूजा (हरधोह) गर्छन । खेतिबारीमा हरियाली छाएपछि हरेरी पूजा गरिन्छ । ‘हाम्रो परम्परामा प्राय प्रकृतिसंगै जोडेर पुजा गर्ने चलन छ । कलवा खाने परम्परा पनि त्यसैसंग जोडिएको छ,’ स्थानीय लख्खी चौधरी भन्छिन् । कलवा खानुभन्दा अगावै कलवा कहिले खाने बारे छलफल गरिन्छ । गाउँपिच्छे दिन फरक हुनसक्छ । कलवा खानु एक दिनअघि गाउँमा सुँगुर (जिता) मार्छन । माछाको सिद्रा र साग अनिवार्य हुन्छ । घरघरबाट विभिन्न परिकार बोकेर खेत पुग्छन् । प्रबिधिसंगै थारु समुदायमा खेती गर्ने शैली परिवर्तन आए पनि कलवा खाने परम्परा अझै जिवित रहेको र्दिया ठाकुरबाबा नगरपालिका ३ का अगुवा लहानु थारु बताउँछन् ।

    कलवा खाएर खेति गर्दा बर्षा राम्रो हुने र धान उत्पादन बढ्ने जनविश्वासय नयाँ पुस्तामा पनि परेको छ । पछिल्लो समय किसानहरुले उन्नत जातको धान रोपाई गर्दै आएका छन् । ट्याक्टरले जोतेर खेति लगाउने गरिएको छ । कृषिमा आधुनिकरण बढ्दै गएपनि थारु समुदायले भने आफ्नो पुर्खाको परम्परालाई भने निरन्तरता दिएका छन् । लामो समयको लकडाउनले मारमा परेका किसानहरु खेतिपातीमा जुटेका छन् ।

  • ३ जेष्ठ २०७८, सोमबार १२:१५ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार