कोरोनासंगको लडाईमा बाँकेका शुभसमाचार - Dastabej

कोरोनासंगको लडाईमा बाँकेका शुभसमाचार

सर्वसाधारणहरु गच्छे अनुसार व्यक्तिगतरुपमा सहयोग गरिरहेका छन् ।


  • दस्तावेज

  • नेपालगन्ज । कोरोना भाइरसको लडाईका क्रममा बाँकेमा शुभ समाचार पनि सुनिए । चिकित्सक, स्वास्थ्यकर्मीहरु मात्रै होईन सर्वसाधारणहरु पनि कोरोनो लगाईमा जुटेका छन् । व्यक्तिगत सहयोग दिन पनि सर्वसाधारण तयार छन् ।

    १) २० रुपैयाँमा एक छाक खाना । कोरोनाको महामारी फैलिदै गएका बेला नेपालगन्जस्थित भेरी अस्पताल परिसरमा २० रुपैयाँमा पेटभरी खानाको व्यवस्था मिलाइएको छ । विपन्नलाई लक्षित गरी निकै सस्तोमा खानाको व्यवस्था मिलाइएको हो । हाल दैनिक तीन सय जना खाना खाइरहेका छन् । सुन्दरकाण्ड मित्र मण्डल नेपालगन्जका संरक्षक तथा खाना व्यवस्थापन समितिका संयोजक विजय गुप्ताले कोरोनाका कारण सर्वसाधारणहरु आर्थिक संकटबाट गुज्रिरहेकाले २० रुपैयाँमा पेटभरी खाना अभियान सुरु गरेका थिए । पछिल्लो पल्ट अञ्जनी माता रसोईले अस्पतालमा उपचाररत विपन्न विरामी र कुरुवाहरुलाई २० रुपैयायाँमा प्रति छाक विहानको खाना खुवाईरहेको छ ।

    २) बाँकेको डुडुवा ६ स्थित सरस्वती माविकी शिक्षिका ४९ वर्षीया माधवी साहलाई संक्रमितको उपचारका लागि प्लाज्मा जुटाउने गरेकी छन् । संक्रमितका आफन्तले उनलाई फोन गर्छन् ।


    ३) संक्रमित भएर पनि उपचार गर्दै स्वास्थ्यकर्मी । भेरी अस्पताल नेपालगन्ज र शिक्षण अस्पताल नेपालगन्जका चिकित्सक र स्वास्थ्यकर्मीहरु कोरोना संक्रमित भएर पनि संक्रमिततहरुको सेवामा खटिएका छन् । भेरी अस्पतालका मात्रै ८० चिकित्सक र स्वास्थ्यकर्मीहरु संक्रमित भएका छन् ।
    ४) अक्सिजन खरिदका लागि व्यक्तिगत सहयोग । अक्सिजन अभाव भएपछि जनप्रतिनिधि र सर्वसाधारणहरुले व्यक्तिगतरुपमा गच्छे अनुसारको आर्थिक सहयोग गरिरहेका छन् ।


    ५)भेरी असप्तालमा लिक्विड अक्सिजन ट्यांक जडान भएको छ । अक्सिजन अभावमा संक्रमितहरुको ज्यान जान थालेप िलिक्विड अक्सिजन जडान गरिएको हो । आईतबार अ स्पताल परिसरमा ग्याँसको ट्याक जडान भएको हो ।


    ६) विरामी नफर्काउने अस्पताल । भेरी अस्पताल नेपालग्नजका कोरोना वार्ड भरिएपनि विरामी भर्ना लिने क्रम रोकेको छैन । उसले अस्पताल परिसरमा पाल टाँगेर पनि उपचारको व्यवस्था मिलाएको छ ।

    ७)कोरोको महामारी फैलिएसंगै होम आइसोलेसनमा बस्ने विरामीहरुको संख्या बढेको छ । विरामीहरुलाई हौसला र स्वास्थ्य परामर्श दिन जनप्रतिनिधिहरु चिकित्सकसहति घरघरमै पुगेका छन् । यसले विरामीहरुको मनोबल बढाएको छ ।

  • ४ जेष्ठ २०७८, मंगलवार १४:१२ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता