१२ घण्टामा बाँकेमा १५ जनाको मृत्यु - Dastabej

१२ घण्टामा बाँकेमा १५ जनाको मृत्यु


  • दस्तावेज

  • नेपालगन्ज — बाँकेमा उपचारका लागि भर्ना भएका संक्रमित १५ जनाको मृत्यु भएको छ । मंगलबार बेलुकीदेखि १२ घण्टा भित्र उनीहरुको मृत्य भएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुार मंगलबार राति साढे ८ बजेदेखि बिहान साढे ६ बजेसम्म बाँकेका सात जना र बाहिरी जिल्लाका आठ जनाको मृत्यु भएको हो । ७ जनाको शिक्षण अस्पताद कोहलपुरमा र ८जनाको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको छ। कोहलपुरमा बेलुकी साढे ८ बजे रुकुम पश्चिमको सानोभेरी नगरपालिका ११ का ३६ वर्षीय पुरुष मृत्यु भएको छ । त्यस्तै कोहलपुर नगरपालिक –१२ का ४१ वर्षीय पुरुष र कोहलपुर नगरपालिका–४ का ४२ वर्षीय पुरुषको कोहलपुरमा मृत्यु भएको छ ।
    बर्दिया बढैयाताल गाउँपालिका २ का ८४ वर्षीय पुरुष, नेपालगन्ज उपमहानगरपालिका६ का ४५ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको हो ।राप्तीसोनारी गाउँपालिका–२ की ५९ वर्षीया महिला, भेरीमै कैलालीको टीकापुर नगरपालिका–११ की ५८ वर्षीया महिला, कोहलपुर नगरपालिका–११ की ५८ वर्षीया महिला, नेपालगन्ज उपमहानगरपालिका–३ का ६१ वर्षीय पुरुष, रुकुम–पश्चिमको त्रिवेणी गाउँपालिका–१ की २७ वर्षीया महिलाकोको मृत्यु भएको छ ।
    नेपालगन्ज–४ का ६७ वर्षीय पुरुष, बर्दिया ठाकुरबाबा नगरपालिका–९ का ६३ वर्षीय पुरुष, बर्दियाको ठाकुरबाबा नगरपालिका–१ का ३८ वर्षीया महिला, दाङको तुलसीपुर उपमहानगरपालिका–२ का ६५ वर्षीय पुरुष, कैलालीको लम्कीचुहा नगरपालिका–५ की ६८ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ ।

     

  • ५ जेष्ठ २०७८, बुधबार ११:२१ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता