कोरोनाबाट निको भइन् ९१ वर्षीया उपमेयर - Dastabej

कोरोनाबाट निको भइन् ९१ वर्षीया उपमेयर

कार्की महानगरको उपमेयर निर्वाचित हुने सवैभन्दा बढी उमेरकी व्यक्ति हुन्। लामो समय कांग्रेसको राजनीतिमा सक्रिय रहेकी उनी वीरगंगमा समाजसेवामा पनि क्रियाशील छन्।


  • दस्तावेज

  • कोरोना संक्रमणपछि अस्पताल भर्ना भएकी वीरगन्ज महानगरपालिकाकी उपमेयर ९१ वर्षीया शान्ति कार्की निको भएकी छन्। दुई साताअघि उनलाई कोरोना देखिएको थियो। बुधबार गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि आज बिहानै उनी अस्पतालबाट निस्केकी हुन्।

    महानगरका मेयर विजयकुमार सरावगीले उपमेयर कार्कीलाई कोरोना नेगेटिभ देखिएको बताए । महानगरले नै चलाएको कोभिड -१९ अस्पतालमा उहाँ १३ दिन बस्नुभयो,’ मेयर सरावगीले सेतोपाटीसँग भने, ‘कोरोना संक्रमण नेगेटिभ आएपछि उहाँलाई आज घर पुर्‍याइएको छ।’
    उपमेयर कार्कीलाई आइसोलेसन बस्दा धेरै समस्या देखिएन।

    ‘उहाँलाई रेखदेख गर्न एक जना चिकित्सक राखेका थियौं। अक्सिजनलगायत केही पनि आवश्यक परेन,’ उनले भने।
    उपमेयर कार्कीको आफ्नै घर छैन। अविवाहित कार्की आफन्तहरूको घरमा बस्ने गरेकी छन्।आज उनी वडा नम्बर ४ स्थित भाउजूको घरमा छिन्।

    २०७४ सालमा भएको निर्वाचनमा नेपाली कांग्रेसबाट कार्की उपमेयर निर्वाचित भएकी थिइन्। कार्की महानगरको उपमेयर निर्वाचित हुने सवैभन्दा बढी उमेरकी व्यक्ति हुन्। लामो समय कांग्रेसको राजनीतिमा सक्रिय रहेकी उनी वीरगंगमा समाजसेवामा पनि क्रियाशील छन्।

    उनी कांग्रेस पर्साकी उपसभापति, वीरगंज नगरकी सभापति र नेपाल महिला संघको केन्द्रीय सदस्य भइसकेकी छन्।
    सभार सेतोपाटी

     

  • ६ जेष्ठ २०७८, बिहीबार ११:४० प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता