वेस्टर्न अस्पतालद्धारा १८ कोरोना संक्रमितको शल्यक्रिया – Dastabej

वेस्टर्न अस्पतालद्धारा १८ कोरोना संक्रमितको शल्यक्रिया

१६ बेडको कोभिड वार्ड सन्चालनमा


  • दस्तावेज

  •  

    नेपालगन्ज । अर्थाेपेडिक, ट्रमा, जनरल सर्जरी र प्रसुति तथा स्त्री रोग सँग सम्बन्धीत कोरोना संक्रमित बिरामीहरुलाई लक्षित गरी वेस्टर्न हस्पिटल प्रा लि नेपालगन्जले १६ बेडको कोभिड वार्ड सन्चालनमा ल्याएको छ । यसले शल्यक्रिया सहितको उपचार सेवा दिन थप सहज पुग्ने विश्वास अस्पतालको छ । पछिल्ला दिनहरुमा संक्रमित बिरामीहरुको संख्या बढ्दै गएपछि ४ बेड अपुगभएपछि जेष्ठ ५ गतेबाट बेड बढाएर १६ बनाइएको हो । अस्पतालका प्रबन्ध निर्देशक डा. राहुल थापाका अनुसार विगत १५ वर्ष देखि नेपालगन्जमा सन्चालन हुदै आएको उक्त अस्पतालमा ५० बेड छ । कोरोनाको महामाीमा अस्पतालले अर्थाेपेडिक र ट्रमा सम्बन्धी १३, जनरल सर्जरीका ३ र प्रसुति तथा स्त्री रोग सँग सम्बन्धीत २ गरी १८ जना संक्रमित बिरामीलाई शल्यक्रिया सहितको उपचार सेवा दिइएको छ । उक्त अस्पतालको अर्थाेपेडिक र ट्रमा बिभागमा डा बिनोद थापा, डा किरन गुरुङ, डा बसन्त सापकोटाले बिरामीहरुको उपचार गरिरहेका छन् । त्यसैगरी जनरल सर्जरी बिभागमा डा रुपानन्द अधिकारी, डा. प्रबिन गुप्ता, र डा धु्रब शाह र स्त्री तथा प्रसुतिरोग सँग सम्बन्धित बिरामीहरुलाई डा कल्पना थापाले सेवा दिइरहेका छन् । एनेसथेसिया र क्रिटिकल केयर सहितको उपचार डा निर्मल ज्ञवाली र डा पारस पान्डेले गर्दै आएको प्रवन्ध निर्देशक डा. थापाले जनाए ।

  • ७ जेष्ठ २०७८, शुक्रबार ०८:४७ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान