विपदमा सहयोगी विमल - Dastabej

विपदमा सहयोगी विमल

कोरोनाका विरामीहरुलाई अस्पताल भर्ना गर्छन् । मृत्यु भएका संक्रमितहरुको शव व्यवस्थानका लागि समन्वय गर्दै आएका छन् ।


  • दस्तावेज

  • नेपालगन्ज । उनी चिकित्सक वा स्वास्थ्यकर्मी होईनन् । जनप्रतिनिधि वा नेता होईनन् । तर पनि अधिकांश समय भेरी अस्पताल नेपालगन्ज र आइसोलेसन सेन्टरमै भेटिन्छन् । अक्सिजनको सिलिण्डर लिन आफै खटिन्छन् । कोरोनाका विरामीहरुलाई अस्पताल भर्ना गराउन सहयोग गर्छन् । आवश्यक पर्ने औषधि खोजिदिन्छन् । उपचारका क्रममा अस्पतालमा मृत्यु भएका कोरोना संक्रमितहरुको शव व्यवस्थानका लागि समन्वय गर्दै आएका छन् । कोरोना संक्रमित र कुरुवाहरुलाई २० रुपैँयामा खाना खुवाउन भेरी अस्पताल परिसरमा राखिएको अन्जली सरोईका लागि आर्थिक सहयोग खोज्छन । उनी हुन नेपालगन्जका उजौशिल युवा बिमल चन्द । कोरोनाको महामारी सुरु भएपछि मानवीय सहयोग गर्नु उनको दैीनकी बनेको छ । कोरोना विपद्मा सहयोग गर्न पाउँदा निकै खुसी छन् । भन्छन्, महामारीमा सबैले एकअर्कालाई सहयोग गर्नु नै मानवीयता हो ।
    भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले यो संकटका बेला बिमल चन्दले आफ्नो जीवन हत्केलामा राखी मानव जिवनको रक्षाका लागि दिन रात खटिएक बताउँछन् । उनले प्यारो मान्छे भन्दै उनको तारिफ गरेका छन् ।
    चन्दकै बारेमा पवन बुढाले लेख्छन्, हार्दिक बधाई छ दाजु बिमल चन्दलाई मानव सेवा गर्ने महान अबसर प्राप्त गर्नु भएकोमा तपाईको र अंजनीमाता रसोईको ओहम भुमिकाले कुनै पनि बिरामिको कुरूवाले भोकै बस्न परेको छैन । यो सेवाभाब सधै भरि चलिराखोस हार्दिक शुभकामना, सहयोगि सबैको जयहोस् । सहयोगी मनका चन्दले फेसबुकमा आफूले गरेको कामका बारेमा यसो लेखेका छन् ।

    १) हिड्यो है सल्यान अक्सिजन ।
    सल्यान जिल्ला अस्पताल र बागचौर नगरपालिकाले मेरो सम्पर्कमा नेपालगंज पठाएका खालि अक्सिजन सिलिण्डर भरेर पठाएको छु । यि अक्सिजनले सल्यानी जनतालाई केहि राहत हुने छ भन्ने आशा लिएको छु ।आफ्नै प्रयास वाट वागचौर नगरपालिकामा अक्सिजन सहितको आईसोलेशन सेन्टर संचालन गरेर हरपल जनतालाई सेवा दिनुभएका नगर प्रमुख लोकमान बुढाथोकी र कोभिड महामारीको यो संकटको बेला शव ब्यवस्थापन लगाएत अन्य काममा अहोरात्र खटिनुभएका नेपाली सेनाका सह सेनानी दिपक बुढाथोकी प्रति विशेष आभार ।यस्तो विपतको वेला यहांहरूले देखाउनुभएको सकृयतालाई सल्यानी जनताले हरपल सम्झने छन ।


    २) विशेष आभार (लायन्स क्लब अफ नेपालगंज खजुरा बांके । जसले एम्बुलेन्स उपलब्ध गराउनुभयो र मैले शव सल्यान पठाउन पांए।विशेष आभार चालक भुवन लामा प्रति जसले यसरी नै दैनिक कोभिड भएर मृत्यु भएका शव एम्बुलेन्समा राखेर लैजानुहुन्छ ।


    ३)फोटो हाल्न त मन थिएन । भेरी अस्पतालमा खजुरा निवासी आशिष कुमार चौधरीको बुवा पुरूषोतम राम चौधरीको कोभिडको कारणले मृत्यु भयो मलाई अंजनी माता रसोई श्री सुन्दरकाण्ड मित्र मण्डलका संरक्षक आदरणीय दाजु पवन अग्रवालले भन्नुभयो शव व्यवस्थापन गर्न सहयोग गर्नुपर्यो मैले तत्काल नेपाली सेनाका सह सेनानी विक्रम चौधरी सर लाई फोन गरेर भने उहांले हजुरहरू तयारी गर्नु हामी तयारी नै छौ भन्नुभयो ।मैले हिन्दु समसानघाटमा शव दाह्संस्कार गर्ने एक जना छोटु दादा लाई तयारी गरिदिनु भनेपछि उहांले करिव १ घण्टामा सबै तयारी गरेको सुचना दिनुभयो । अनि खटे शव व्यवस्थापनमा नेपाली सेनाका सह सेनानी विक्रम चौधरी सर सहित ४ जना महिला सिपाही ।उहांहरू महान नारी जसले पुरूषको शव बोक्छन यस्ता नारी प्रति हार्दिक नमन छोटु दादा लाई पनि ।

    ४) जति लोभ गरेर करोडौ कमाएर लाखौको गाडी चढेपनि अन्तमा जो पनि चढ्ने भनेको यहि हो तर अहिलेको अवस्थामा यो पनि पाउन गाह्रो छ ।त्यसैले घमण्ड नगरौ विपतमा सक्दो सहयोग गरौं ।
    ५) नेपालगंजमा बत्ती गयो भने मलाई गर्मि हैन (कोरोना संग लडिरहेर अक्सिजन प्रयोग गरिरहेका सयौं वुवा आमा दाजु भाई दिदी वहिनी को याद आउछ ।मौसम पनि कति निरदयी रहेछ
    ६) सव ब्यवस्थापनमा मेरो पहिलो प्रयास । आज विहान भेरी अस्पताल इमरजेन्सी अगाडी सव ब्यवस्थापन गरिदिनु भनेर अनुरोध गर्नुहुने आमाको श्रीमान मिन बहादुर रावलको सव लाई हिन्दु सम्सान घाटमा करिव ८ घण्टाको प्रयास पछि ब्यवस्थापन गरियो ।मृतक रावल नेपाल प्रहरीको भु पु डि एस पी हुनुहुदो रहेछ यहां श्रीमती संग नेपालगंज उपमहानगरपालिका वडा न ७ मा भाडामा बस्नुहुदो रहेछ बुझ्दै जांदा उहांका छोरा छोरी कुनै सन्तान पनि जन्मिएको रहेनछ ।मैले फेसवुकमा पोष्ट गरेपछि उहांको भाई र भाईको छोरा कैलाली वाट मलाई सम्पर्क गरेर नेपालगंज पुगेपछि उहांको लासको ब्यवस्थापन गरिएको हो । उहांको लासको ब्यवस्थापनमा मलाई सहयोग गर्नुहुने नेपालगंज उपमहानगरपालिका उप प्रमुख उमा थापा,सव ब्यवस्थापनमा खटिनुभएका क्याप्टेन विक्रम चौधरी र उहांको टिम, युवा नेतृ समाजसेवी अम्विका काफ्ले, वडा प्रहरी प्रमुख डिल्ली ब खड्का, र उहांको टीम प्रति हार्दिक आभार प्रकट गर्दछु । उहांको पार्थिव शरिरलाई नेपाल प्रहरीको एक टोलिले सलामी अर्पण समेत गरेको थियो ।

  • ७ जेष्ठ २०७८, शुक्रबार १३:०० प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा