काठमाडौँ— कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बन्ने गरी एमालेकै नेता माधव नेपाल र झलनाथ खनाल पक्षका २७ सांसदले हस्ताक्षर गरेका छन् । आफ्नै पार्टीके सरकारबिरुद्ध सांसदहरुले हस्ताक्षर गरेपछि देउवाको पक्षमा १४९ सांसद पुगेका छन् । उक्त हस्ताक्षर राष्ट्रपति बिद्यादेबी भण्डारीलाई बुझाउन विपक्षी दलका नेताहरु शितल निवास पुगेका छन् ।
राष्ट्रपति भण्डारीले शुक्रज्बार साँझ बजेसम्मको सीमा निर्धारण गरेर सरकार गठनका लागि बहुमत जुटाउन आव्हान गरेकी थिईन ।
नयाँ सरकारका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले बरिष्ठ नेता माधवकुमार नेपाल, कांग्रेस महामन्त्री शशांक कोइराला, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, नेता बाबुराम भट्टराईबीच छलफल भएको थियो । हाल कांग्रेसको ६१, माओवादी केद्रको ४९, एमालेका खनाल–नेपाल समूहको २७ सांसद छन् । जसपाको यादव समूहको १५ सांसद भएको दावी छ । जसपामा ३२ सांसद छन् । सपामा अर्का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले भने बहुमत सांसद आफ््नो पक्षमा रहेको बताउँदै आएका छन् । बहुमतको सरकार बनाउँन कम्तिमा पनि १३६ सांसद आवश्यक पर्छ । नेपाल खनालका २७ सांसदले विपक्षी दललाई सहयोग गरेपछि सरकार गठनका लागि अंक गणित पुगेको हो ।
संविधानको धारा ७६ (५) प्रतिनिधिसभाका कुनै पनि सदस्यले बहुमत पुर्याउन सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्ति गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।