जसले आफ्नो छाक कटाएर हिंसापीडित महिलालाई राहत दिदै छन् – Dastabej

जसले आफ्नो छाक कटाएर हिंसापीडित महिलालाई राहत दिदै छन्

हालसम्म ९४ लाई राहत


  • दस्तावेज

  • नेपालगन्ज । अभियान नेपालमा आवद्ध अभियानकर्ताहरुल निषेधाज्ञाका समयमा हिंसापीडित विपन्न महिला, अभिभावक बिहिन बालवालिका र सहाराबिहिन ज्येष्ठ नागरिकहरुलाई छाक कटाएर राहत वितरण कार्यलाई निरन्तरता दिएका छन् ।

    अभियान नेपालका अध्यक्ष कमला पन्थका अनुसार लामो समयदेखिको निषेधाज्ञाले विपन्नलाई खाद्यन्नको संकट हुन थालेपछि राहत वितरण गरिएको हो । उनले २५किलो चामल, ५किलो पिठो,१किलो मसुर दाल ,१ किलो अढर दाल,१ लिटर तेल, डेढ किलो सोयाबिन,

    १ नुहाउने साबुन, १ लुगा धुने साबुन, १पाउ रातो खुर्सानी, १पाउ बेसर,१ किलो चिनी,१ पाउ चिय पत्ती,१ प्यकेट सेनेटरी प्याड, २५५ पिस सर्जिकल मास्क विरतण गरिएको हो ।

    एक जनालाई २ हजार ५ सय दरको राहत प्याकेज बनाइएको छ । राहतका वितरणका लागि अभियान नेपालमा लागेका अभियानकर्ताहरुले आफै व्यक्तिगतरुपमा रकम जुटाउने गरेका छन् । हालसम्म ९४ हिंसापीडित विपन्न, सहाराबिहिन ज्येष्ठ नागरिक र बालवालिकालाई राहत दिइएको छ ।

  • ८ जेष्ठ २०७८, शनिबार ११:४४ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • २. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान