नेपालगन्ज । एउटै वार्डका बेडमा उपचार गराईरहेका विरामीले आँखै अगाडि छटपटीएर ज्यान गुमाएको देख्दा कसको मन पोल्दैन । ‘एउटै वार्डमा उपचार गराई रहेका आफूजस्तै कोरोनाको विरामीको मृत्यु देख्दा मन त्यसै आतिन्छ । सबै विरामी र कुरुवाहरुको अनुहार मलिन हुन्छ । वार्डभरी सन्नाता छाउँछ,’ कोरोना संक्रमित श्रीमतिको उपचारका लागि दांगबाट भेरी अस्पताल नेपालगन्ज आएका कुरुवा चन्छन्,‘एउटा मान्छे मर्दा मन त्यसै आतिन्छ । बिमारीको मन त झन त्यो अवस्था देखेर रुन्छ ।’ उनका अनुसार आफूजस्तै विरामीको मृत्यु भएको देख्दा अत्माबल कमजोर हुने गरेको छ । भेरी अस्प्पतालमा मात्रै दैनिक जटिल स्वास्थ्य अवस्थाका करिव १५ कोरोनाका विरामीहरुको उपचारकै क्रममा मृत्यु हुने गरेको छ । शनिबार बिहानसम्म भेरी र शिक्षण अस्पतालमा ८ जनाले ज्यान गुमाएका छन् । कोरोनाका विरामीहरुको चाँप थेगिनसक्नु बढेपछि अस्पतालले हलभरी बेड राखेर उपचार गरिरहेको छ । एउटै वार्डमा ६० बढी विरामी छन् । कोरोनाका विरामीलाई राख्ने तीन ठूला हलमा वार्ड बनाईएको छ । खुला हल भएका कारण विरामी छटपटीने र मृत्यु भएको सबैले सहजै देख्न सक्छन् । जटिल अवस्थाका विरामीहरुको छटपटिएको देखेर माध्यम खाले स्वास्थ्य अवस्था रहेका अन्य विरामीहरु आत्तिने गर्छन । उनीहरुमा डर र त्रास पैदा हुने गरेको छ । ‘वार्डमा मान्छे नमरेको दिन छैन । त्यो दृश्य दैनिक हेर्नु पर्छ । लाश देख्दा मन खिन्न हुन्छ । आफ्ना मान्छेको पनि त्यस्तै हुने हो कि भन्ने डरले मनमा त्रास छ,’ कोरोना संक्रमित एक विरामी भन्छन्,‘अब त लाश देख्ने बानी पर्न थालिसक्यो । तर डर चाँही लाग्दो रहेछ ।’
नेपालगंन्ज उपमहानग।पालिका १८ कारकादोका चन्द्र ओली कोरोनाको लक्षण देखिएपछि तीन दिन परिवासंग छुटिएर होटेलमा बसे । तरे ज्वरो कम नभएपछि भेरी अस्पतालमा उपचारका लागि पुगे । उनले कोरोना जित्न अस्पतालमा १७ दिन बताए । उनी बसेको बेड वरीपरी २३ जना थिए । मृत्यु लाइ उनले नजिक बाट चिन्ने मौका पाए । सक्रमितको छटपटी कुरुवाको आर्कोश चिन्ता पनि उनले नजिकबाट निहाले । आफनै अगाडि तीन जना कोरोना सक्रमितको मृत्यु भएपछि उनिडरले शिर ठाडो पार्न सकेनन् ।
‘न पर्दा थियो न कुनै छेकबार । आफनै अगाडि मान्छे मरीरहदा डरले घोप्टो परेर सुत्थे । हेर्न सक्दैनथे,’उनले भने,‘राति मरेको मान्छेको शब बिहान मात्र लैजान्थे । हामी निकै आतिन्थ्यौ ।’ एकातिर संक्रमितको चाप अर्काेतिर जनशक्तिको अभावमा कोरोना उपचार उनका लागि सजिलो भएन् । अरुको अवस्था हेर्दाहेर्दै आफु कमजोर भएको महसुस हुन्थ्यौ,’ उनले भने,‘ठुलै युद्धको भुमरीबाट निस्कीएको अनुभुति भएको छ ।’
बर्दिया बाँसगढीका ४९ वर्षीय पुरुष २२ दिनदेखि भेरी अस्पताल नेपालगन्जमा उपचार गराईरहेका छन् । कोरोनाको संक्रमणले अक्सिजनको मात्रा तलामाथि हुन थालेपछि उनी अस्पताल भर्ना भएका हुन । उनी पनि लहरै बेड राखिएको कोरोना वार्डमै भर्ना भएका हुन । यतिका दिनसम्म उनले दर्जनौ लाश देखिसके । त्यो दृश्य देखेर कहिलेकसो उनी आतिन्छन् । आफूलाई सम्हाल्ने प्रयास गर्छन । उनी कोरोनालाई पराजित गरेका छन् । एक दुई दिनमै डिस्चार्ज हुने क्रममा छन् । ‘आफ्नै अगाडि मृत्यु भएको देख्दा कोरोनाको समान्य लक्षण भएका विरामीहरु पनि आत्तिन्छन् । डर र त्रास पैदा हुन्छ । यसले निको हुनमा झन समय लाग्दो रहेछ,’ उनले भने,‘कोठाहरु भइदिएको भए त्यो अवस्था देख्न नपर्न सक्थ्यो । तर विरामी यतिधेरै छन् कि हलमा नराखेर कुनैै उपाय नै छैन ।’
उक्त अस्पतालमा सुविधा सम्पन्न १८ आइसीयु बेड भरिएको छ । बिरामीको चाँप बढ्दै गएपछि अस्पतालमा ठाउ“ अभाव छ । सुरुमा १ सय बेडको ४२ को कोरोना वार्ड बनाइएको थियो । तर त्यहाँ २ सय ५० जना कोरोनाका विरामीले भरीभराउ छ । त्यहाँ पनि विरामी नअटाएपछि अस्पताल परिसमा पाल टांगेर कोरोना सक्रमितको उपचार भइरहेको छ । उक्त अस्पतालमा स्वास्थ्य अवस्था जटिल बनेपछि मात्रै बढी उपचारका लागि आउने गरेका छन् । कर्णाली, लुम्बिनी र कर्णाली प्रदेशबाटका जटिल अवस्थाका कोरोना संक्रमितरुलाई उपचारका लागि पठाउने गरिएको छ । जसका कारण विरामीको चाँप बढेको हो । मृत्यु हुने घटनाले कुरुवाका आफन्त मन थाम्न नसकेरै अस्पतालमै रुनेकराउने गर्छन । कतिपयले आक्रोस पोख्दै स्वास्थ्यकर्मीहरुमाथि दुव्र्यवहारका घटनाहरु भएका छन् । भेरी अस्पताल नेपालगन्जका वरिष्ठ फिजिसीयन तथा कोरोना स्रोत व्यक्ति डा.संकेत रिसालले हालको अवस्थामा विरामीहरुलाई व्यवस्थितरुपमा राख्न नसक्ने बताए । उनका अनुसार तीन वटा ठूला हलमा कोरोना वार्ड बनाइएको छ । ‘कोभिडमा वार्डमा रहेका विरामीलाई सक्ने सयोग गरिरहेका छौ । जेजति जनशत्ति छ त्यसको प्रयोग गरेका छौँ,ै’ उनले भने ।