काठमाडौं । राष्ट्रपति बिद्यादेबी भण्डारीले प्रतिनिधिसभा बिघटन गरेको निर्णयलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार जारी गरेको बक्तव्यमा राष्ट्रपतिलाई तिमी भन्ने भाषा प्रयोग गरेका छन् । उनले सभापतिको तहबाट राष्ट्रपतिको सम्बन्धमा जारी गरिएको बक्तव्यमातिमी, उनी, यसो गरिन् भन्ने भाषा उल्लेख छ । उक्त बक्तव्य सार्र्वजनिक भएको केही बेरमै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई ‘तिमी’ भनेको भन्दै आपत्ति जनाए । बालुवाटारमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसमा राष्ट्रपतिलाई तपाई भन्ने सभ्यतासम्म नभएको आरोप लगाए ।
प्रधानमन्त्री ओलीले लोकतन्त्रका हिमायती भएर मयूरका प्वाँख जोडेर मयूर भएको नक्कल गर्दै स्वाङ पार्ने ‘आदर्शका नक्कली कुरा गर्दै हिँड्नेहरुले देशलाई अराजकता, असभ्यतातिर लान खोजिरहेकको बताए । राष्ट्रपति भण्डारीको स्थानमा सामन्तवादप्रतिको दलाली एउटा कुलिन घराना जन्मसिद्ध सिद्धान्तको पाखण्ड आधारमा आएको नालायक पात्र राजा नामको कोही हुन्थ्यो भने ‘त्यहाँ निहुरिएर, हात मुसारेर के–के भाषा बोल्थे भन्ने प्रश्न गरे ।