नेपालगन्ज । बर्दिया निर्वाचन क्षेत्र न. १ का समानुपातिका सांसद तुलसा थापाले कोरोना संक्रमित विरामीहरुका लागि १० सिलिण्डर अक्सिजन र कोरोना परीक्षणका लागि १ हजार एन्टीजेन किट सहयोग गरेका छन् । उनले जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकरप्रसाद थारु मार्फत उक्त समाग्री स्वास्थ्य कार्यालय बर्दियालाई सहयोग गरेका हुन । कोरोनाको महामारी सुरु भएको एक वर्ष बितिसक्दा पनि बर्दियामा कोरोना परीक्षणका लागि पीसीआर परीक्षण गर्ने ल्याब छैन । सुरुमा आरडीटीबाट परीक्षण गरिएको थियो । पछिल्लो समय ऐन्टीजेन किटबाट कोरोना परीक्षण भइरहेको छ । सांसद थापा एमाले उपाध्यक्ष बामदेव गौतमका पत्नि हुन । प्रत्यक्ष निर्वाचनमा बामदेब पराजित भएपछि बर्दिया आएका छैनन् । उनलाई कांग्रेसका संजय गौतमले पराजित गरेका थिए ।