निषेधाज्ञा बढ्दै,उल्लंघन बढ्दै (भिडियोसहित) - Dastabej

निषेधाज्ञा बढ्दै,उल्लंघन बढ्दै (भिडियोसहित)

पसलहरु बन्द देखिन्छ। तर सडकमा हिडडुल गर्नेहरुको संख्या अधिक छ ।


  • दस्तावेज

  • नेपालगन्ज । बाँकेमा एक महिनादेखि जारी निषेधाज्ञा सोमबारबाट फेरि एक साताका लागि लम्बाइएको छ । निषेधाज्ञाको समय बढेसंगै सडकमा आउजाउ गर्नेको भिड पनि बढ्दै गएको छ । उल्लंघनकर्ता बढेका छन् । बजारका पसलहरु बन्द भएका देखिन्छन् । तर सडकमा हिडडुल गर्नेहरुको संख्या अधिक छ । भिड देख्दा निषेधाज्ञाजस्तो अनुभुती नहुने अगुवाहरु बताउँछन् । निषेधाज्ञाका सयममा बजारभरी ईरिक्सा, अटो, मोटरसाईल, स्कुटी र कारहरु चलेको देख्न सकिन्छ । स्थानीय प्रशासनले निषेधाज्ञाका बेल भिडभाड नगर्न, अतिआवश्यक एम्बुलेन्स, पानी, खाद्यन्नका गाडीहरु सन्चालन गर्न दिने भनिए सडकभरी निजी सवारी साधनहरु कुदिरहेका छन् । प्रशासनले निषेधाज्ञा कार्यान्वयन गराउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ गरिएका छन् । तर स्थानीयहरु भने अटेर गर्दै आएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले स्थानीयहरुबाट अटेर गरिएका कारण निषेधाज्ञा पूर्णरुपमा कार्यान्वयन हुननसकेको बताउँछन् । तर निषेधाले बजारमा भिडभाड कम भएको उनले बताए । निषेधाज्ञा जारी गरिए पनि बाँकेमा कोरोनाको संक्रमण नियन्त्रण हुँदै गएको चिकित्सकहरु बताउँछन् । उनीहरुका अनुसार निषेधाज्ञा नलगाएको भए बाँकेमा कोरोनाको संक्रमण थप भयाभव हुने थियो ।
    बाँकेमा जारी निषेधाज्ञा जेष्ठ १७ गतेसम्म लम्बिने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप एक हप्ता लम्ब्याउने निर्णय गरेको हो । आइतवार बसेको डिसिएमसीको बैठकले निषेधाज्ञालाई निरन्तरता दिन सिफारिस गरेको छ।कोरोना भाइरस संक्रमण त्रिब रुपमा फैलिएपछि बाँके प्रशासनले यसको रोकथाम र नियन्त्रणका लागि गएको १३ गतेदेखि बाँकेमा एकहप्ताका लागि निषेधाज्ञा जारी गरेको थियो । त्यसपछि हप्ता हप्ता दिन थप गर्दै जेष्ठ दश गतेसम्म पुर्याइएको हो ।

  • १० जेष्ठ २०७८, सोमबार १५:३७ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार