नेपालगन्ज । बर्दियाको गेरुना गाउँपालिका वडा न १ फचकपुरका बलराम विक, उनकी श्रीमति चन्द्रा र छोराछोरी खाना खाएर घरको बरण्डामा बसेर गफ गरिरहेका थिए । उक्त गाउँ बर्दिया निकुन्जको मध्यवर्ती क्षेत्र हो । एक्कासी जंगली हात्ती आगंनमा आयो । बरण्डामा बसेकी श्रीमति चन्द्रा र काँखामा रहेकी ३ वर्षीया छोरी दिपीकाले सुँडले समातेर पछार्यो । श्रीमान बलराम ६ वर्षीया छोरी कृष्णा,लाई बोकेर भागे । १४ वर्षीया छेरी पुजा र ११ बर्षीया छोरा नितेस रोइकराउँदै भाग्न सफल भए । हात्तीले भुईमा बजारेपछि चन्द्राको ज्यान गयो । हात्तीको आक्रमणमा परी गम्भीर घाईते भएकी ३ वर्षीया छोरी दिपीकाको उपचारका क्रममा शिक्षण अस्पताल नेपालगन्जमा मंगलबार बिहान मृत्यु भयो । वडा न. १ का वडाध्यक्ष दयाराम बैद्य थारुका अनुसार बरण्डामा बसिरहेका बेला हात्तीले चन्द्रा र काँखमा रहेकी सानी छोरीलाई सुँडले बेरेर आँगनमा लगेर पछारेको बताए । उनले भने, चन्द्राको राति नै र दिपीकाको उपचारका क्रममा नेपालगजन्जमा मृत्यु भएको छ । निकुन्जका बन्यजन्तुका कारण गेरुवाका स्थानीइहरु सास्ती खेप्न बाध्यछन् । बाघ, हात्तीको आक्रमणलेसर्वसाधारणहरु पीडित बनेको उनीहरुको गुनासो छ ।