अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ? - Dastabej

अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?

बाँकेका दुई अस्पताल लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको रिफरल सेन्टर हो । जटिल स्वास्थ्य अवस्थाका कोरोनाका विरामीहरुलाई उपचारका लागि ल्याउने गरिएको छ । जसका कारण बाँकेमा दैनिक संक्रमितहरुको मृत्यु हुने गरेको समाचार सुुनिने गरेको हो


  • दस्तावेज

  • नेपालगन्ज । मंगलबार राति बाँकेमा दुई जना कोरोना संक्रमितको मृत्यु भयो । त्यो पनि अस्पतालमा । यस्तो खबर नेपालगन्जका दुई ठूला भेरी अस्पताल र शिक्षण अस्पताल नेपालगन्जमा दैनिक सुनिन्छ । यो संख्या अन्य दिनभन्दा कम हो । एकै दिन १८ जनासम्मको मृत्यु हुने गरेको छ । बाँकेका यि दुई अस्पताल कोरोना विरामीहरुका लागि लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको रिफरल सेन्टर हो । यहाँ जटिल स्वास्थ्य अवस्थाका कोरोनाका विरामीहरुलाई उपचारका लागि ल्याउने गरिएको छ । जसका कारण बाँकेमा दैनिक दर्जन बढी संक्रमितहरुको मृत्यु हुने गरेको समाचार सुुनिने गरेको हो । बैशाख यता मृत्युका घटनाहरु बढी हुने गरेको छ । कोरोनाको दोस्रो लहरमा संक्रमितहरुको स्वास्थ्य अवस्था जटिल बन्ने गरेकाले पनि मृत्यु बढेको हो । हालसम्म कोरोना संक्रमित बाँकेका २ सय ७३ जनाको ज्यान गएको छ । बाहिर जिल्लाबाट उपचारका लागि आएका मध्ये २ सय २७ को मृत्यु भएको छ । बाँके र बाहिर जिल्लाका गरी भेरी र शिक्षण अस्पतालमा ५ सय जनाको मृत्यु भइसकेको अभिलेख देखिन्छ । ‘हेर्नुस । भेरी अस्पतालमा बाँकेका मात्रै होेईन, लुम्बिनी प्रदेशका सबैजसो जिल्लाका जटिलखाले विरामी भर्ना गर्न ल्याईन्छ । कर्णाली र सुदुरपश्चिम प्रदेशका जटिलखाले विरामी आउने यही हो,’ भेरी अस्पताल नेपालगन्जका वरिष्ठ फिजिसियन तथा कोरोना स्रोत व्यक्ति डा. संकेत रिसाल भन्छन्,‘अन्तिम अवस्थाका विरामीहरु उपचारका लागि आउने भएकै कारण मृत्युको संख्या बढी देखिएको हो । तर मृतकहरुभन्दा कोरोना जितेर घर फर्किनेहरु बढी छन् ।’
    उनका अनुसार भेरी अस्पतालमा हाल २ सय ९ जना संक्रमितहरुको उपचार भइरहेको छ । ति मध्ये ८१ जनाको स्वास्थ्य अवस्था जटिल छ । यसअघि उक्त अस्पतालमा करिव ३ सय कोरोनाका विरामीहरु उपचारका लागि भर्ना भएका थिए । त्यस्तै शिक्षण अस्पताल कोहलपुरमा १ सय २१ कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । ति मध्ये ७८ जनाको स्वास्थ्य अवस्था जटिल रहेको अस्पतालले जनाएको छ । कोरोनाको लक्षण देखिदा पनि ढिलो गरी स्वास्थ्य परीक्षण गराउने, स्वास्थ्यकर्मीहरुसंग परामर्स नगरी आफू खुसी होम क्वारेन्टाईनमा बस्ने गरिएकाले पनि मृत्युको घटना भएका हुन । अन्तिम अवस्थामा विरामीहरु अस्पताल ल्याउने गरिएकाले पनि मृत्यु बढेको जिल्ला स्वास्थ्य कार्यालय बा“केका जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठले बताए । ‘संक्रमण देखिएर पनि ढिलो गरी उपचारका लागि आउने गरेकाले पनि समस्या छ । कतिपयको होम आइसोलेसनमै बसेकाबेला मृत्यु भएको छ,’ उनले भने,‘समयमै उपचारका लागि अस्पताल आउनेहरु कोरोना जितेर पनि घर फर्किएका छन् ।’ शिक्षण अस्पताल नेपालगन्जका कोरोना स्रोत व्यक्ति डा. दिनेश श्रेष्ठले उपचारका लागि आउने मध्ये अधिकांश संक्रमितहरुको स्वास्थ्य अवस्था जटिल हुने गरेको बताउँछन् । ‘उपचार नगराएरै घरमै धेरै दिन बसेका कारणले पनि त्यस्तो हुनसक्छ । अन्तिम अवस्थाका भए पनि चिकित्सकहरु विरामीहरुको ज्यान बचाउनका लागि उपचार गर्छन,’ उनले भने ।

  • १२ जेष्ठ २०७८, बुधबार १२:४० प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार