बांकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ चपरगौडीमा बुवाले आफ्नै छोरालाई धारिलो हतियार प्रयोग गरि हत्या गरेका छन् । छोराको गर्धनमा खुर्पा प्रहार गरिएको प्रहरीले जनाएको छ ।करिब ५१ बर्षिय ठाकुर प्रसाद ओलिले छोरा अन्दाजी १८ बर्षको पोषण ओलि हत्या गरेको खुल्न आएको छ । ईलाका प्रहरी कार्यालयका डिएसपि रबिन्द्र खनालले घटना बारे अनुसन्धान भैरहेको बताउनु भयो । छोरा लागू औषधमा फसेका भन्दै घरमा बिबाद हुँदै आएको थियो ।