बर्दिया । प्लान ईन्टरनेशनल नेपालको साझेदारीमा बर्दिमा जिल्लामा कार्यरत विभिन्न संघसस्थाहरुले कोभिड १९ प्रतिकार्यका लागि ३० लाख १४ हजार ९२४ रुपैया ,मुल्य बराबरको स्वास्थ्य तथा सरसफाई सामाग्रीहरु सहयोग गरेको छ । जिल्ला अस्पताल बर्दिया, गुलरिया नगरपालिका, राजापुर, मधुवन, बारबर्दिया, बाँसगढी नग, ठाकुरबाबा नगरपालिका, गेरुवा, र बढैयातालगाउँपालीकालाई जिल्ला विपद व्यवस्थापन समिति बर्दिया मार्फत सामाग्रीहरु सहयोग गरिएको हो । बर्दियाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपत व्यवस्थापन समिति बर्दियाका अध्यक्ष सन्तबहादुर सुनार लाई हस्तान्तरण गरिएको छ । प्लान ईन्टरनेशनल नेपाल, भेरी वातावरणीय विशिष्टता समुह, बि ग्रुप, सामाजिक सचेतना केन्द्र, स्याक नेपाल बाँके र थारु महिला उत्थान केन्द्र बर्दियाले कोरोना महामारी नियन्त्रणको लागि सहयोग गरेका हुन । सामाग्री हस्तान्तरण गर्दै प्लान ईन्टरनेशनल नेपालका संरक्षण कार्यक्रम बिषेशज्ञ दुर्गाकुमारी क्षत्रीले आवश्यक परेको बेला सधै मानविय सहायता गर्दै आईरहेको र आगामी दिनमा मानविय सहायताको लागी योजना बनाईरहेको बताईन । सामाग्री हस्तान्तरण कार्यक्रममा, मधुवन नगरपालिका उप प्रमुख शुवरानी थारु, प्रशासकिय अधिकृत ओम प्रकाश देवकोटा, गैसस महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष बिष्णु तिमिल्सिना, सञ्चारकर्मिहरु, र संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।