लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले - Dastabej

लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले

अस्पतालमा भागाभाग, छानबीन समिति गठन


  • दस्तावेज

  • नेपालगन्ज । कोरोना संक्रमित विरामीको मृत्यु भएको भन्दै आफन्त र परिवारका सदस्यले बिहिबार साँझ ८ वजेभेरी अस्पताल नेपालगन्जका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई लखेटीलखेटी आक्रमण गरेका छन् । दाङका एक पुरुषको उपचारकै क्रममा मृत्यु भएपछि आफन्तले आक्रमण गरेका हुन । आक्रमणपछि अस्पतालमा भागाभाग भएको प्रत्यक्षदशीले बताए । मृतकका आफन्तले स्वास्थ्यकर्मीलाई लखेट्दै आक्रमण गर्न थालेपछि ज्यान जोगाउन अस्पतालको एक तला भवनको झ्यालबाट नर्सहरु हाम फालेर भागेको प्रत्यक्षदर्शी बिमल चन्दले बताए । उनीहरु समान्य घाईत भएका छन् ।

    मृतकको कुरुवा समेत रहेका मानबहादुर रावत सहितको समूहले एक चिकित्सक मृतकको कुरुवा समेत रहेका मानबहादुर रावत सहितको समूहले नसिंङ स्टाफमाथिहातपात गरेको, हो । उक्त समूहले डा. चन्द्रप्रकाश साहु, नर्सहरु अस्मिन गुरुङ, सदिक्षा गैरे, रीता अधिकारी र भावना श्रेष्ठलाई आक्रमण गरेको अस्पताल प्रशासनले जनाएको छ । लक्षी गुरुङ र अदिक्षा गैरे झ्यालबाट हाम फालेर ज्यान जोगाएका हुन । घटनापछि चिकित्सक र स्वास्थ्यकर्मीहरुले यस्तो असुरक्षाकाबीच काम गर्न नसक्ने भन्द्र घटनामा संलग्नलाई कारवाहीको माग गरेका छन् । अस्पताल प्रशासनले घटनाको छानबीन गर्न एक समिति गठन गरेको छ । घटनामा संलग्न व्यक्तिहरुको खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

  • १३ जेष्ठ २०७८, बिहीबार २३:३८ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा