नेपालगन्ज । कोरोना संक्रमित विरामीको मृत्यु भएको भन्दै आफन्त र परिवारका सदस्यले बिहिबार साँझ ८ वजे भेरी अस्पताल नेपालगन्जका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई लखेटीलखेटी आक्रमण गरेको बिरोधमा चिकित्सक, स्वास्थ्यकर्मी र नर्सहरुले २४ घण्टादेखि भोकभोकै बिरोध प्रदर्शनमा छन् । उनीहरुले शुक्रबारको झरीलाई पारवाही नगरी स्थानीय प्रशसन र प्रहरीबिरुद्ध नारावाजीमा उत्रिए । आक्रमणकारीलाई कारवाही नभएसम्म आन्द्योलनलाई निरन्तरता दिने स्वास्थ्यकर्मीले जनाएका छन् । विरोध प्रदर्शनमा उत्रिदा स्वास्थ्ष् ेिवा प्रभावित बनेको छ । दाङका एक पुरुषको उपचारकै क्रममा मृत्यु भएपछि आफन्तले आक्रमण गरेका हुन । स्वास्थ्यकर्मीलाई लखेट्दै आक्रमण गर्न थालेपछि ज्यान जोगाउन अस्पतालको एक तला भवनको झ्यालबाट नर्सहरु हाम फालेर भागेका थिए ।
मृतकको कुरुवा समेत रहेका मानबहादुर रावत सहितको समूहले एक चिकित्सक मृतकको कुरुवा समेत रहेका मानबहादुर रावत सहितको समूहले नसिंङ स्टाफमाथिहातपात गरेको, हो । उक्त समूहले डा। चन्द्रप्रकाश साहु, नर्सहरु अस्मिन गुरुङ, सदिक्षा गैरे, रीता अधिकारी र भावना श्रेष्ठलाई आक्रमण गरेको अस्पताल प्रशासनले जनाएको छ । लक्षी गुरुङ र अदिक्षा गैरे झ्यालबाट हाम फालेर ज्यान जोगाएका हुन ।