सुरक्षा माग्दै स्वास्थ्यकर्मी आन्दोलनमा, भेरीमा कोरानाका ६ विरामीको मृत्यु - Dastabej

सुरक्षा माग्दै स्वास्थ्यकर्मी आन्दोलनमा, भेरीमा कोरानाका ६ विरामीको मृत्यु

संक्रमित भएर पनि २४ घण्टा सेवामा जुटिरहँदा विरामीका कुरुवाबाट पटकपटक आक्रमण र दुरव्यहार हुने गेपछि काम गर्न समस्या उत्पन्न भएको स्वास्थ्यकर्मीहरुको गुनासो छ ।


  • दस्तावेज

  • नेपालगन्ज । बिहिबार भएको आक्रमणपछि २४ घण्टादेखि नर्ससहित चिकित्सकहरु आन्दोलनमा गरिरहेका बेला शुक्रबार भेरी अस्पताल नेपालगन्जमा उपचार गराई रहेका गम्भीर अवस्थाका ६ कोरोनाका विरामीको मृत्यु भएको छ । एक जनाको शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । संक्रमित भएर पनि २४ घण्टा सेवामा जुटिरहँदा विरामीका कुरुवाबाट पटकपटक आक्रमण र दुरव्यहार हुने गेपछि काम गर्न समस्या उत्पन्न भएको स्वास्थ्यकर्मीहरुको गुनासो छ । बिहिबार राति भएको घटनापछि स्वास्थ्यकर्मीहरु उपचार गर्न छोडेर आन्दोलनमा जुटिरेका छन् । उनीहरु २४ घण्टादेखि भोकभोकै र झरी नमानेर आन्दोलन गरिहेका छन् । दिनभरी भेरी अस्पतालमा नाराबाजी गरेका उनीहरु शुक्रबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए । उनीहरुले घटनामा संलग्न व्यक्तिलाई कारवाही नगरेसम्म काममा नफर्किने चो दिएका छन् । प्रहरीले आक्रमण गरेको आरोपमा मृतक दिल्लीबहादुर रावतका भाई मानबहादुर रावत, मृतककका छोरा भरत रावललगायतको समूहले आक्रमण गरेको थियो ।
    शुक्रबार मृत्यु हुनेमा मृत्यु हुनेहरुमा ठाकुरबाबा नगरपालिका३ बर्दियाका ३७ वर्षीय पुरष, तुलसीपुर उपमहानगरपालिका(११ दाङका ५२ वर्षीय पुरुष, गुलरिया नगरपालिका(६ बर्दियाका ५७ वर्षीय पुरुष, कोहलपुर नगरपालिका(११ का ६९ वर्षीय पुरुष, लमही नगरपालिका(६ दाङका ४७ वर्षीय पुरुष हुन । कुमाख गाउँपालिका(१ सल्यानका ३४ वर्षीया महिला र जानकी गाउँपालिका(१ बाँकेका ५० वर्षीय पुरुषको समेत कोभिड संक्रमणका कारण मृत्यु भएको छ ।
    योसँगै कोरोना भाइरस संक्रमणका कारण बाँकेमा हालसम्म उपचारका लागि जिल्ला बाहिरबाट आएका २७० जना र जिल्लाकै २८८ जनाको मृत्यु भएको छ ।

  • १४ जेष्ठ २०७८, शुक्रबार १५:३७ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा