नेपालगन्ज । आफुहरुलाइ आक्रमण गर्नेलाइ कारवाहिको माग गर्दै पर्दशनमा उत्रिएका भेरि अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले आन्दोलन स्थागित गरि काममा फर्किएका छ्न् । आक्रमण गर्ने मान बहादुर रावत र मिर्त्कका छोरा लोकराजलाइ ज्यान मार्ने उद्योग र उपद्रो व्यबहार मुद्दा चलाएपछि स्वास्थ्यकर्मिहरुले आन्दोलन फिर्ता लिएका हुन । ड्युटीमा खटिएका डाक्टर र नर्समाथि उनीहरुले बिहिबार राति ८ बजे हातपात गरेका थिए ।
बाँके प्रहरीले तीनै जनालाई बिहीबार राति नै नियन्त्रणमा लिएर मुद्दा दर्ता गरेको बाँके प्रहरीका प्रवक्ता सुवास खड्काले बताए ।कोरोना संक्रमित बिरामीको मृत्यु भएपछि रावत र उनका आफन्तले डाक्टर र नर्सको घाँटी अठ्याउनुका साथै लखेटीलखेटी हातपात गरेका थिए । बेरि अस्पतालमा डाक्टर र नर्समाथि भएको हातपातको विरोधमा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका थिए । आक्रमणपछि डाक्टर चन्द्रप्रकाश साहु, नर्सहरु आश्विनी गुरुङ, सदिक्षा गैरे, रिता अधिकारी र कविता पुन झ्यालबाट हाम फालेर भागेका थिए ।प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा छानबिन समिति गठन गरेका छन् ।