गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ – Dastabej

गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ

गणतन्त्रका लागि लड्ने कम्रेडहरु कोही जोगी बने, कोही पलायन


  • दस्तावेज

  • बर्दिया— खासमा गाउँको नाम जगतिया हो । पन्चायत र माओवादी युद्ध ताका माईती गाउँको नामले परिचित छ । पन्चायतमा जस्तो थियो, हाल उतै छ । हो कच्ची सडक फराकिलो भएका छन् । स्थानीयले आफ्नै पहलमा घर बनाएका छन् । सशस्त्र आन्दोलनका क्रममा तत्कालिन माओवादीका नेताहरु सुरक्षित हुन यहाँ आउँथे । पन्चायतमा रक्तिमका गी यहाँका स्थानीय गाउँथे । क्रान्तिका विगुल फुक्थे । पन्चायदेखि माओबादी युद्धसम्म लड्ने अझै पनि साक्षी छन् । तर विरक्तिएर कतिपय कम्रेड कमाण्डरहरु जोगी भएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दहाल, बाबुराम भट्राई, हालका गृहमन्त्री रामबहादुर थापा, मोहन तबैद्य लगायतका शिर्ष नेताहरुको आश्रयस्थल बन्यो । अनि माओवादीका शिर्ष नेताहरुले जगतिया गाउँको नयाँ नाम जुराए—माईती गाउँ । सुरक्षा दिएर व्यहारमै माईती भूमिका निर्वाह गरे यहाँका सर्वसाधारण । शिर्ष नेताहरुलाई सुरक्षा दिने यो गाउँले निकै ठूलो मुल्य चुकाएको छ । एउटै गाउँका नावालिकासहित नौ सर्वसाधारणले ज्यान गुमाएका छन् । दुई जना हालसम्म बेपत्ता पारिएका छन् । भुमिगतकालमा आश्रयका लागि आउने नेताहरु सरकारमा पुग्दा यो गाउँ बिर्से । नेताहरु सरकारमा पुगे तर गाउँले केही पाएन । द्धन्द्धकाल र बर्तमानसम्म आई पुग्दा खासै परिवर्तन देखिएनन् । ‘भुमिगत समयमा प्रचण्डदेखि बाबुराम, बादल लगायतका सबैजसो शिर्ष नेताहरु यहाँ आए । हामीले संरक्षण दियौं । उहाँहरु प्रधानमन्त्री, मन्त्री बन्नुभयो । हामीले केही पाएनौ,‘लामो समय भूमिगत जीवन गुजारेका हाल नेकपाका नेता प्रमोद चौधरी भन्छन्,‘द्धन्द्धले धेरै थोक गुमाएका छौं । तर गाउँले विकास समेत पाएन ।’
    बर्दियाको सोरहवा गाविस २ हाल बढैयाताल गाउँपालिका ५ मा जगतिया गाउँ छ । यहाँका स्थानीयले जमिन्दारको जग्गा बटैयामा लगाउँथे । त्यसैलाई आधार बनाउँदै माओवादीले गाउँलाई आधार ईलाका बनाएको थियो । पन्चायतकालमा पनि यो गाउँमा प्रजातन्त्रका पक्षमा भूमिगत कार्यक्रम गरिन्थे । ०५२ सालदेखि माओवादी गतिबिधि बढ्दै गएपछि जगतिया गाउँ फेरि चर्चा पायो । ‘त्यतिबेला माओवादीका शिर्ष नेताहरुको सुरक्षा कम्ति चुनौतीपूर्ण थिएन । तर हामीले माईतीको भूमिका निर्वाह ग¥यो,’प्रमोद भन्छन्,‘नेताहरुले ति दिन बिर्से होलन तर हामीले गरेका संघर्ष बिर्सेका छैनौ ।’
    माओवादी सरकारमा गएपछि स्थानीयहरुले आफूले गरेको योगदानको स्मरण गराउँदै पीडित परिवारको पक्षमा काम गर्न अनुरोध गरे । तर सुनवाई भएको छैन । कतिपय तत्कालिन माओवादी नेताहरु राजनीतिबाटै पलायन भइसके । गाउँनै माओवादी भएको आरोप लगाउँदै तत्कालिन सुरक्षा फौजले अतांक मचायो । डर र त्रास देखाउन तीन कक्षामा पढ्दै गरेकी नाबालिका रुपा चौधरीलाई घरबाट निकालेर सार्वजनिक स्थलमै गोली थोके । उक्त घटना देखाउन सुरक्षा फौजले गाउँभरीमा स्थानीयलाई एक ठाउँमा भेला पारेको थियो । र, माओवादीमा लाग्ने हरेकको यसैगरी हत्या गर्ने धम्की दियो । तर गाउँ राजनीतिकरुपमा तातिरहयो । सुरक्षा फौजको यातनाले बिद्रोही बढे । ‘लोकतन्त्रका लागि हामीले शिर्ष नेताहरुको सुरक्षा दियौ । मुलुकमा लोकतन्त्र पनि आयो । तर पीडित परिवारले भने कुनै राहत पाएनन्,’ स्थानीयबासी तथा वडा नम्बर ५ का वडा अध्यक्ष रामसिंह थारु भन्छन्,‘जे होस माओवादीका ठूला नेताहरुको सुरक्षा दिन सकेकोमा गौरव गर्ने ठाउँ छ ।’ स्थानीयका अनुसार माईती गाउँका रुपा, नविन, सिमा, लक्षमण, सीता, तारा, छोटेलाल, लोकनाथ र सिताराम थारुको हत्या भयो । स्थानीय शिवचरण थारु र बुद्धिमाया सापकोटालाई माओवादी आरोपमा पक्राउ गरी बेपत्ता पारिएको छ ।

  • १५ जेष्ठ २०७८, शनिबार ०९:०० प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ३. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ४. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ५. विपदमा सहयोगी विमल
  • ६. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • ७. आँखै अगाडि छटपटिएर मृत्यु भएको देख्दा रुन्छन् कोरानाका विरामी र कुरुवा
  • ८. बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या
  • ९. बाँके, बर्दियाका कुन नदीमा कति बाढी ?
  • १०. गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ