अध्यादेश मार्फत १६ खर्ब रुपैयाँको बजेट सार्बजनिक हुँदै - Dastabej

अध्यादेश मार्फत १६ खर्ब रुपैयाँको बजेट सार्बजनिक हुँदै


  • दस्तावेज

  • सरकारले संविधानले व्यवस्था गरेअनुसार आज ४ बजे आर्थिक वर्ष २०७८/७९ को आय–व्यय विवरण (बजेट) सार्वजनिक गर्न लागेको छ।

    संसद्को संयुक्त बैठकमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि अहिले संसद् विघटन भएका कारण सरकारले अध्यादेशमार्फत बजेट ल्याउन लागेको हो। अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार अर्थमन्त्री विष्णु पौडेलले बजेटमा केही चुनाव लक्षित कार्यक्रम राखेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा पौडेलले सामाजिक सुरक्षा भत्ता बढाएका छन्।

    मध्यावधि निर्वाचन खर्च, सामाजिक सुरक्षा भत्ता वृद्धि, कोरोनाविरुद्धको खोप खरिद, कोरोना संक्रमितको उपचार, स्वास्थ्य संस्थाहरूमा पूर्वाधार निर्माणलगायत यस वर्ष एक खर्ब रुपैयाँ हाराहारीमा अतिरिक्त बजेट आवश्यक परेकाले सरकारलाई स्रोतमा चाप परेको छ। अतिरिक्त खर्च गर्नुपरेका कारण आयोजनाहरूलाई बजेट धेरै दिन सकिएको छैन।

    अर्थ स्रोतका अनुसार सबैतिर मिलाउँदा बजेटको आकार १५ देखि १६ खर्ब रुपैयाँ बीचमा रहने छ।

  • १५ जेष्ठ २०७८, शनिबार १०:०८ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार