मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ - Dastabej

मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ


  • दस्तावेज

  • बर्दिया । ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाले चरेस सहित तीन जनालाई नियन्त्रणमा लिएको छ । ६९४ ग्राम चरेस सहित बढैयाताल गाउँपालिका ३ मानझुण्डी सामुदायिक बनबाट बाँके खजरा गाउँपालिका ६ सिमलघारीका २६ बर्षीय कमल बिश्वकर्मा, सोही ठाउँका ३२ बर्षीय कालीबहादुर चदारा र बर्दिया बढैयाताल गाउँपालिका ८ शितलाबजारका ४८ बर्षीय बलबहादुर कामीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ । शुक्रबार साँझ ५ बजेतिर ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरिक्षक धर्मराज जोशीको कमाण्डमा खटिएको प्रहरी तोलीले मानझुण्डी समुदायिक बनमा संकास्पद तरिकाले तिनै जना कुराकानी गरी रहेको अवस्थामा प्रहरीले खानतलासी गर्दा कमल बिश्वकर्माको साथमा रहेको कालो झोलाबाट चरेस फेला परेको हो । प्रहरी निरिक्षक जोशीका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान भैरहेको छ । आईताबार लागुऔषध सम्बन्धि मुद्दा दायर गरी कर्वाही प्रक्रिया अगाडी बढाउने उनले बताए ।

  • १५ जेष्ठ २०७८, शनिबार १५:३९ प्रकाशित

  • Nabintech
  • १. खजुरा गाउँपालिका- ५ का वडा अध्यक्ष कक्षा ८ को परीक्षा दिँदै
  • २. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • ३. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ४. जानकी ३ इन्द्रपुरमा बालबिवाह सम्बन्धि अन्तरक्रिया
  • ५. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा